पश्चिम नवलपरासीको विभिन्न स्थानबाट फरार रहेका ७ जना प्रतिवादी पक्राउ

बेनिमाधव बस्याल , ४०७  पटक हेरिएको

परासी, भदौ १

पश्चिम नवलपरासीको विभिन्न स्थानबाट फरार सात जना प्रतिवादीहरुलाई पक्राउ गरीएकोे छ । जिल्ला अदालतबाट फैसला भएका बहुविवाह, चोरी, गाली बेईज्जती, लागु औषध, सवारी ज्यानका मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनु भएको छ ।

 

जिल्लाको पाल्हिनन्दन गाउँपालिकाबाट ५ जना र रामग्राम नगरपालिकाबाट २ जना गरी ७ जनालाई पक्राउ गरीएको डिएसपी पाण्डेयेले बताउनु भयो । पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ६ का बहुविवाह मुद्धाका फरार राजेश सिंहलाई ५ हजार जरिवाना र ११ महिना १४ दिन कारवाहीको फैसला भएको छ । यस्तै पाल्हिनन्दन ६ कै चोरी मुद्धाका फरार रोहित हरिजनलाई २ लाख ६५ हजार ९ सय जरिवाना सहित एक महिनाको कैद सजायको फैसला भएको डिएसपी पाण्डेयेले बताउनु भयो ।

पाल्हिनन्दन ६ कै गाली बेईज्जती मुद्धाका फरार पारस भर, माधव भर र रोगी भरलाई २२ रुपैया जरिवाना सहित फैसला भएकोमा फरार भएका थिए । यस्तै रामग्राम नगरापलिका वडा नम्बर १६ का लागु औषध मुद्धाका फरार पन्नालाल यादवलाई ७ हजार ५ सय जरिवाना तोकिएको थियो ।

 

रामग्राम १६ कै सवारी ज्यान मुद्धाका फरार प्रमोद राजभर दुई हजार जरिवाना तोकिएको छ । फरार सातै जना प्रतिवादीलाई पक्राउ गरी कैद तथा जरिवाना भुक्तानीका लागि आज जिल्ला अदालतमा पठाईएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिनु भएको छ ।

 

प्रकाशित मिति: २०२२-०८-१७ , समय : २३:२८:५९ , २ वर्ष अगाडि