रुपन्देहीको ओमसतियामा गोलि चल्दा एक जना गम्भीर घाइते

उर्मिला यादव यात्री , ६४३  पटक हेरिएको

भैरहवा, साउन ३०

रुपन्देहीको ओमसतिया गाउँपालिकामा गोलि चलेको छ । अज्ञात समुहले चलाएको गोलि लागेर एक जना गम्भीर घाइते भएका छ्न । घाइते हुनेमा सि.न.पा १ बेलाहिया बस्ने बिकास गुरुङ्ग रहेका छ्न ।


रोहिणी गाउपालिका वडा न:१ बाइपास सिद्धार्थ कटेजमा आज राति करिब ११ बजे अज्ञात समुह द्वारा लुटपाट गरि भाग्ने क्रममा ओमसतिया गाउपालिका वडा नम्बर ४ को वडा कार्यालय अगाडी सि.न.पा १,बेलाहिया बस्ने गुरुङ्गलाई गोलि हानी हत्या गर्ने प्रयास गरिएको रोहिणी गाउँपालिकाका प्रमुख विद्या यादवले जानकारी दिनु भएको छ ।

 

घाइते गुरुङलाई उपचारको लागि भैरहवा मेडिकल कलेजमा पठाइएको छ भने घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०८-१५ , समय : ०२:०५:०९ , २ वर्ष अगाडि