यूनियन लाइफद्धारा मृतकको परिवारलाई बिमा बापत रकम हस्तान्तरण

गौरीशंकर जयसवाल , ४५५  पटक हेरिएको

परासी, साउन २६

यूनियन लाइफ इन्सोरेन्स शाखा परासीले बिमा बापत रकम हस्तान्तरण गरेको छ । इन्सोरेन्स कम्पनीले बर्दघाट नगरपालिका वडा नं १२ दबिला बस्ने बिशाल तिवारीको परिवारलाईे जीवन बिमा वापत मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो ।

स्वर्गिय तिवारीले बैदेशिक रोजगारी जाने क्रममा बिमा कम्पनीमा वैदेशिक रोजगार म्यादी जीवन विमा गराएका थिए । स्वर्गिय तिवारीको उनको गत बर्ष २०७८ साल बैशाख १३मा मृत्यू भएको थियो ।

 

उक्त मुत्यु दाबी बापत रकम स्वर्गिय तिवारीको श्रीमती निर्मला तिवारीलाई रकम हस्तान्तरण गरिएको युनियन लाईफ इन्सोरेन्स ,परासी शाखा प्रमुख कुलचन्द्र भण्डारीले जानकारी दिनु भएको छ ।

स्वर्गिय तिवारीको श्रीमती निर्मला तिवारीलाई मुत्यु दाबी बापत रकम रु १३ लाखको चेक हस्तान्तरण युनियन लाईफ इन्सोरेन्स ,परासी शाखा प्रमुख भण्डारीले गर्नु भएको हो ।

 

उक्त कार्यक्रममा कम्पनीका एजेन्सी म्यानेजर कृष्णा थापा र स्थानीयको उपस्थिती रहेको थियो । स्थानीय बासीलाई एजेन्सी म्यानेजर कृष्णा थापा र शाखा प्रमुख कुलचन्द्र भण्डारीले विमाको महत्वबारे जानकारी गराउनु भएको थियो ।

प्रकाशित मिति: २०२२-०८-११ , समय : ११:२२:०७ , २ वर्ष अगाडि