रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ बाट जनमत पार्टीका केन्द्रीय सचिव यादव चुनावी मैदानमा उत्रने

रुपन्देही खबर , ६४९  पटक हेरिएको

भैरहवा,साउन २२

जनमत पार्टीले आगमी प्रतिनिधि सभा सदस्य (सांसद) को निर्वाचनमा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ (मर्चवार क्षेत्र) मा पार्टीको केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवलाई चुनावी मैदानमा उत्राने भएको छ ।

मधेसी समुदायको बाहुल्य क्षेत्र रहेको ४ नम्बरमा आफ्नो दलको झण्डा गाड्नका लागि पार्टीले यादवलाई चुनावी मैदानमा उत्राने भएको हो ।

 

आइतवार जिल्ला पार्टीको कार्यालय भैरहवामा चुनावी रणनीति तथा उम्मेद्वार छनौटका लागि बसेको बैठकमा जिल्लाका प्रमुख नेताहरुले क्षेत्र नं. ४ बाट यादवको उम्मेदवारीलाई सर्वसम्मत समर्थन गरेका छन् ।

 

जिल्ला नेताहरुको प्रस्ताव प्रति पार्टीका केन्द्रीय अध्यक्ष डा. सी के राउत सकारात्मक रहेकोले सो क्षेत्रबाट उहाको उम्मेद्वारी लगभग पक्का रहेको केन्द्रीय सदस्य रामकेश गुप्ताले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२२-०८-०७ , समय : २३:०३:४१ , २ वर्ष अगाडि