नेपाली काँग्रेस चिन्तन समुह पश्चिम नवलपरासीको दोस्रो बैठक सम्पन्न

पप्पु रेग्मी , ५२०  पटक हेरिएको

बर्दघाट, साउन २२

 

नेपाली काँग्रेस चिन्तन समूह नवलपरासी पश्चिम क्षेत्र १ को दोस्रो बैठक बर्दघाट नगरपालिका वार्ड नं ७ जिमीरेभारमा सम्पन्न भएको छ ।

 

शनिवार भएको बैठकमा नेपाली काँग्रेस पार्टी संगठन भित्र मनोमानी तथा एकाधिकार प्रवृति मौलाएको र निष्ठावान कार्यकर्ताहरूलाई बेवास्ता गरिदा सांगठनीक रूपमा गलत प्रभाव पर्ने देखिएको भन्दै उक्त विषयमा छलफल गर्दै चिन्तन समूहलाई जिल्लाका सातै तहमा वडा स्तरीय रुपमा विस्तार गर्नका लागि प्रतापपुर गाउँपालिकाको संयोजनका लागी संयोजकमा मोहन विक , सुस्ता गाउँ पालिकामा संयोजक भीमलाल न्यौपाने, वर्दघाट नगरपालिकामा कमान सिंह थापालाई संयोजक मनोनयन गरिएको सचिव गणेश विश्वकर्माले बताउनु भएको छ ।

 

नेपाली कांग्रेसको सांगठनीक अवस्थाका बारेमा चिन्तन एवं छलफल गर्दै आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीलाई सफल र सबल बनाउन सक्रिय रूपमा लाग्ने प्रतिवद्धता जाहेर गर्दै, उपयुक्त उम्मेदवारको चयनको विषयमा छलफल हुनुपर्ने तर्फ पार्टी नेतृत्वको ध्यानाकर्षण गर्ने कुरामा उपस्थित नेताहरूले जोड दिएका थिए ।

 

नेपाली काँग्रेसका जेष्ठ नेता रामबाबु पोखरेलको सभापतित्व तथा नेपाली काँग्रेसका निवर्तमान जिल्ला सभापति विष्णु पौडेलको प्रमुख आतिथ्यतामा बसेको बैठकमा भीम न्यौपाने, चोलाकान्त चापागाई, प्रितम सिंह, कमान सिंह थापा, वासुदेव चौधरी, कृष्ण ढुंगाना, मोहन गिरी, जीतराम पंजियार लगायतले आ–आफ्ना भनाई राख्नु भएको थियो ।

 

कार्यक्रममा प्रमुख अतिथि पौडेलले कांग्रेस अहिले मोटा चिल्ला सुकिला–मुकिला, धनवानको हातमा पुगेकोले अव यसका विरुद्ध हामी निष्ठावान कार्यकर्ताले संघर्ष गर्नुपर्ने बेला आएको बताउनु भएको छ । नेतृत्व वर्गलाई खबरदारी गर्दै पार्टीलाई सहि मार्गमा ल्याउन जरूरी रहेको भन्दै यस किसिमको वैठकलाई निरन्तरता दिदै जान सल्लाह समेत दिनु भएको थियो ।

प्रकाशित मिति: २०२२-०८-०७ , समय : २२:०१:२६ , २ वर्ष अगाडि