योगदान राष्ट्रको लागि बस्नेतको अध्यक्षतामा १३ सदस्यीय शिवराज नगरस्तरीय समिति गठन

धनी राम काेरी , ३०१  पटक हेरिएको

कपिलवस्तु , साउन २१

 

कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिकामा याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाकाे अध्यक्ष रामशब्द यादवकाे नेतृत्वमा शिवराज नगरपालिकामा नगरअध्यक्ष मेनुका बस्नेतको अध्यक्षतामा १३ सदस्यीय नगरस्तरीय समिति गठन गरिएको छ ।

नगरस्तरीय समितिकाे उपाध्यक्षमा लक्ष्मी थारु , सचिवमा प्रेम बहादुर , सह-सचिवमा रविना लोनिया ,काेषाध्यक्षमा हसिना थारु , सदस्यहरुमा सुशिला थारु , समिर खान, आकृति विश्वकर्मा , गोविन्द थारु , अमृता थारु , सीमा विश्वकर्मा , रिना यादव र राजु थारु लगायत रहनु भएको छ ।

 


प्रमुख अतिथि किडार्क नेपाल संस्थामा कार्यरत (community development officer) विनोद केवटले नव निर्वाचित प्रतिनिधिहरूलाई बधाई दिँदै योगदान राष्टको लागि संस्था सँग सधैं सहकार्य गर्ने बताउनु भएको छ । उहाले नवगठित सम्पुर्णमा नगरपालिका भित्र एकदम सक्रिय भएर काम गर्नु पर्ने बताउनु भएको छ ।

 


याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखाका अध्यक्ष राम शब्द यादवले योगदान राष्टको लागि शाखा कपिलवस्तुले यस कपिलवस्तु जिल्ला अन्तर्गत रहेको सबै नगरपालिका/गाउँपालिकामा यसको कार्यसमिति बिस्तार गरि प्राथमिक उपचार सम्बन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गर्ने, स्थानीय निकाय तथा संघ संस्थाहरु सँग सामान्य सहकार्य गर्दै अगाडि बढ्ने र संस्थाको उदेश्य प्राप्तिका लागि अन्य विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताउनु भएको छ । उहाँले यस संस्थाको जिम्मेवारी समाल्दै आउने दिनमा प्राथमिक उपचार र सरसफाइमा जोड दिने बताउदै कार्यक्रम समापन गर्नु भएको थियो ।

 

उक्त कार्यक्रममा याेगदान राष्ट्रकाे लागि कपिलवस्तु शाखा कि सल्लाहकार इन्दु थारु , शिवराज नगरस्तरीय आशा सञ्जालकी अध्यक्ष रिना यादव र कार्यक्रम संचालक कपिलवस्तु शाखाका सचिव शिवा गुप्ताले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०८-०७ , समय : ००:०८:१४ , २ वर्ष अगाडि