बालिका तथा समावेशी शिक्षा संजाल,भावी योजना लगायतका बिषयमा बृहत छलफल

उर्मिला यादव यात्री , १७०  पटक हेरिएको

तिलोत्तमा, बैशाख १५

स्थानिय तहका उपमेयर तथा उपाध्यक्षहरुको सहभागितामा बालिका तथा समावेशी शिक्षा संजाल, लैंगिक समानता, अपांगता तथा समावेशीकरण र भावी योजना लगायतको बिषयमा सोमबार तिलोत्तमामा बृहत छलफल गरिएको छ । छलफलमा स्थानिय शिक्षा योजनामा समेटिनु पर्ने समावेशीताका बिषयहरुलाई कार्यान्वयन गर्र्ने उपमेयर तथा उपाध्यक्षहरुले प्रतिबद्धता गरेका छन ।

उनीहरुले पालिकामा बालिका तथा समावेशी शिक्षा संजाल गठन तथा पुर्नगठन गर्ने, बालिका तथा समावेशी शिक्षा संजालको रणनीति र कार्यबिधी बिकास गर्ने, संजालको बार्षिक कार्ययोजना बिकास तथा बजेट ब्यवस्थापन गर्ने, बिद्यालयमा गुनासो सुनुवाई ब्यवस्था र कार्यबिधी लागु गर्ने लगायत पालिकाको शिक्षा योजना निमार्ण गरी बालिका तथा समावेशी शिक्षालाई जोड दिने प्रतिबद्धता गरेका हुन ।

उनीहरुले बिद्यालयमा भर्ना भएका बालिकाहरुको छ, छ महिनामा स्वास्थ्य परीक्षण गर्ने, अपांगता मैत्री बालसुलभ पानी, धारा, शौचालय तथा कक्षा कोठाको ब्यवस्था गर्ने, दिवाखाजामा स्थानिय दुध, अण्डा, फलफुल तथा पोषण युक्त सन्तुलित खाजा नियमित उपलब्ध गराउने, बालमैत्री तथा बहुभाषिक शिक्षण सिकाइ बिधी अपनाउन सहयोगी शिक्षकको क्षमता बिकासमा पालिकाबाट पहल गर्ने समेत बताएका छन भने यि योजनाहरु लागु गरेका स्थानिय तहले थप ब्यवस्थापन गर्ने गरी काम गर्ने जोड दिएका छन ।


उनीहरुले आधारभुत, माध्यमिक तथा अन्य अन्तर सम्बन्धित सम्पुर्ण बिद्यालयहरुमा गुनासो पेटिका राख्ने, तथा गुनासो सुनुवाइ ब्यवस्था संचालन गर्ने, छात्रा, अपांगता भएका तथा सिमान्तकृत बालबालिकाको लागी शिक्षण सहयोगी कार्यक्रम तथा अभिभावक शिक्षा कार्यक्रम, हरु स्थानिय शिक्षा योजनामा समेटने जनाएका छन । यस्तै गरी बिपन्न, दलित, सिमान्तकृत, लोपन्मुख, अपांग, अभिभावक नभएका तथा छात्राहरुको लागी बिशेष शिक्षण सहयोग कार्यक्रम संचालन गर्ने , स्थानिय स्वास्थ्य केन्द्रहरुसंगको समन्वयमा हरेक बिद्यालयमा स्वास्थ्य परीक्षण तथा मनोपरामर्श, कार्यक्रम संचालन गर्ने, अपांग मैत्री शिक्षण सिकाइ, सामाग्री , शौचालय तथा बसाइ ब्यवस्थापनमा बिकास, लैंगिक मैत्र ीबिद्यालय बिकास तथा शिक्षण सिकाइ ब्यवस्थाका लागी शिक्षकको क्षमता विकास लगायतका कार्यक्रमहरु स्थानिय शिक्षा योजनामा समेटदै काम गर्ने प्रतिबद्धता समेत गरेका छन ।


कार्यक्रमको सहजीकरण गर्नु हुदै एजुकेशनल पेजेजका कार्यकारी निर्देशक लवराज ओलीले बालिका तथा समाबेशी शिक्षा संजाललाई लुम्बिनी प्रदेशको ३० वटा पालिकामा नेपाल सरकारको कार्यक्रम अन्तर्गत रहेर युनिसेफ एजुकेशनल पेजेज र युरोपियन युनियनको सहभागितामा संजाललाई बिस्तार गर्दै कार्ययोजना बनाएर काम गर्दै आएको बताउनु भएको छ । उहाले बालिका शिक्षा, अपांगता भएका बालबालिका तथा सिमान्तकृत तथा पिछडिएका समुदायका बालबालिकालाई शिक्षाको अवसरबाट बचिन्त हुनुपर्ने अवस्था आउन नदिनका लागी शिक्षामा समावेशिता सुनिश्चित गर्ने उदेश्यका साथ संजालले कामगर्दै आएको बताउनु भयो । उहाले शिक्षाको अवसरबाट बन्चित भएका बालबालिका, सिकाइलाई निरन्तरता दिन नसकेका वा अध्ययन पुरा नगरी बिचैमा पढाइ छाडेको बिद्यार्थीहरुको संख्या बढदै गएको र पास हुने दर पनि कमजोर भएकोले त्यो बर्गका बालबालिकाहरुलाई सहयोग र बिशेष निगरानी सहित समस्या समाधानका लागी नेपाल सरकारले बालिका शिक्षा तथा समावेशी संजाल मार्फत अगाडी बढाउनका लागी संगठित हुने राष्टिय ब्यापी कार्यक्रम भएको बताउनु भएको छ । उहाले स्थानिय तहमा पालिकाको उपप्रमुख वा उपाध्यक्षको अध्यक्षतामा यो संजाल हुने उल्लेख गर्नु भयो । उहाले यसमा स्वास्थ्य , शिक्षा, प्रहरी, गैरसरकारी सस्ंथाहरु ,शिक्षक , अभिभावक, ब्यवस्थापन समितीलाई एकै पाटोमा ल्याई त्यस पालिकाको बालबालिकाको समस्याहरु पहिचान गर्न र समाधानका लागी पालिका तथा अन्य सरोकारवालाहरुलाई जिम्मवार बनाउनका लागी संजालले काम गर्दै आएको जोड दिनु भयो ।


छलफल कार्यक्रममा रोल्पा नगरपालिकाको उपप्रमुख गिता आचार्य, सिस्ने गाउपालिका रुकुम पुर्वका गोपाल रेउले, भुमे गाउपालिका रुकुम पुर्वका उपाध्यक्ष सबिना बुढामगर, युनिसेफका शिक्षा अफिसर मिना मझाभेती, केएस एस सी नेपालका कार्यक्रम प्रमुख हरि चन्द्र चौधरी, शिवराज नगरपालिका कपिलबस्तुको उपप्रमुख शिव कुमारी चौधरी, मर्चवारी गाउपालिका उपाध्यक्ष आशा सिंह, शुद्धोधन गाउपालिकाको उपाध्यक्ष होम प्रकाश चौधरी, महाराजगंज नगरपालिकाको उपप्रमुख रीता कुमारी कुर्मी , एजुकेशनल पेजेजका फिल्ड कोर्डिनेटर नबिन बोहरा लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२५-०४-२९ , समय : ००:३१:२० , १ दिन अगाडि

error: कोपि गर्न पाइदैन