नगर प्रहरीको ज्यादती रोक्न आग्रह गर्दै चेम्बर अफ कमर्सद्वारा नगरप्रमुखलाई ज्ञापनपत्र

रुपन्देही खबर , १३५  पटक हेरिएको

भैरहवा, बैशाख ९

चेम्बर अफ कमर्स रुपन्देहीले सोमबार सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खानलाई ज्ञापनपत्र बुझाएको छ ।नगर भित्र बढदै गएको ब्यवसायीहरुको विभिन्न गुनासोहरू र  नगर प्रहरीद्वारा गरिएको ज्यादती सम्बन्धी गम्भीर विषयमा सोमबार नगर प्रमुख खानलाई  ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा व्यवसायीहरूमाथि नगर प्रहरीद्वारा गरिएको अवाञ्छित व्यवहार, दोहोरो करको दबाब, पार्किंग, सडक पेटी मापदण्ड तथा अव्यवस्थित अनुगमनप्रति गम्भीर आपत्ति जनाइएको छ। चेम्बर ऑफ कमर्सले नगरपालिकासँग यस्ता क्रियाकलाप तत्काल रोक्न र व्यवस्थित संवादमार्फत समस्याको समाधान खोज्न आग्रह गरेको छ।

नगर प्रमुख खानले ज्ञापनपत्र ग्रहण गर्दै व्यवसायीहरूको गुनासो गम्भीरतापूर्वक लिइने बताउँदै आगामी दिनमा नगरपालिका र व्यवसायी समुदायबीच समन्वयात्मक वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उद्योग व्यापार संगठन (Chamber of Commerce) रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठको नेतृत्वमा आयोजित उक्त प्रतिनिधिमण्डलमा व्यवसायी, स्थानीय व्यापारी संघका पदाधिकारी तथा सरोकारवाला व्यक्तिहरूको सहभागिता रहेको थियो।

 

प्रकाशित मिति: २०२५-०४-२२ , समय : ०६:१०:५७ , ८ घन्टा अगाडि

error: कोपि गर्न पाइदैन