कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी माथि गोली प्रहार

रुपन्देही खबर , १४५  पटक हेरिएको

कपिलवस्तु , बैशाख ५

कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी माथि गोली प्रहार भएको छ। गएराति मायादेवी गाउँपालिका–१ पकडी स्थित उहाको निवासमा नै गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनमणि अधिकारीले जानकारी दिनु भएको छ ।

राति विद्युत गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको प्रहरीको भनाइ छ। उहाको अवस्था खतरामुक्त रहेको प्रहरीले  जनाएको छ।

प्रकाशित मिति: २०२५-०४-१८ , समय : १०:४५:४८ , २ दिन अगाडि

error: कोपि गर्न पाइदैन