रुपन्देही खबर , ९९ पटक हेरिएको

पोखरा, बैशाख ४
पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम महायज्ञ पोखरा महानगरपालिका वार्ड नं. १७ को परिवार सकारात्मक र कार्यक्रममा आफ्नो साथ रहेको वार्ड अध्यक्ष राधिका शाहले बताउनु भएको छ । कोटिहोम महायज्ञको पूर्व सन्ध्यामा आयोजित भूमी पूजन कार्यक्रममा सहभागी भएकी वार्ड अध्यक्ष शाहले सम्बोधन गर्दै कोटिहोम सफल बनाउनको लागि सिङ्गो वार्ड परिवारको सकारात्मक साथ रहने बताउनु भएको छ ।
“विविध कारणले गर्दा अन्ततः कोटिहोम महायज्ञ वार्ड नं. १७ मा सञ्चालन भएकोमा हामी अत्यन्तै खुशी छौं । यसलाई सफल पार्नको लागि हामी निकै सकारात्मक भएर लागिरहेका छौ,निरन्तर अन्त्य सम्म लागि पर्ने छौं ।” सम्बोधनका क्रममाः अध्यक्ष शाहले भनिन यस कोटिहोम महायज्ञले पछिल्लो समयमा भएका विकृती र विसंगतीहरुलाई अन्त्य गर्नको लागि पनि कोशे ढुङ्गा बन्ने छ ।
अहिले कोटिहोम महायज्ञको पूर्वसन्ध्यामा वाल बिदुषी अनुराधा पाण्डेय ज्यूले कथा प्रवचन गरिरहनु भएको छ। अहिले दैनिक भक्तजनहरुको बाक्लो उपस्थित रहेको छ ।
प्रकाशित मिति: २०२५-०४-१७ , समय : ०६:५३:०७ , २ दिन अगाडि