उर्मिला यादव यात्री , १९५ पटक हेरिएको

लुम्बिनी, चैत १५
बुद्ध जन्मस्थल लुम्बिनीमा थुक्छे छोइलिङ्ग मोनाष्ट्री गुम्बाको आज शुक्रवार एक कार्यक्रमका बिच पुर्व राष्ट्रपति बिद्यादेवी भण्डारीले शिलन्यास गर्नु भएको छ । गुम्बाको शिलन्यास गर्दै पुर्व राष्ट्रपति भण्डारीले बुद्ध जन्मस्थल लुम्बिनी अन्तराष्ट्रिय धार्मिक पर्यटनको महत्वपुर्ण केन्द्र्र बन्दै गएको बताउनु भएको छ । उहाले नेपालको ऐेतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक पहिचानलाई लुम्बिनीले बिश्व मंचमा अझै मजबुत बनाएको जोड दिनु भयो । उहाले यसको संरक्षण,प्रवद्र्धन तथा प्रचारप्रसार गर्नु सम्पुर्ण नेपालीको कत्र्तब्य भएको उल्लेख गर्नु भयो । पुर्व राष्ट्रपति भण्डारीले लुम्बिनी बुद्धको जन्मस्थल मात्र नभइ बौद्ध दर्शनको उद्गम स्थल भएको बताउदै बौद्धशिक्षा र बौद्ध दर्शनको अन्तराष्ट्रिय केन्द्रको रुपमा रहेको लुम्बिनीको बिकास गर्नुपर्ने जोड दिनु भयो ।
उहाले बिश्वभरीका बौद्धमार्गीहरुको आस्थाको केन्द्रको रुपमा रहेको लुम्बिनीको अध्ययन, अनुसन्धान,तथा आध्यात्मिक साधनाका लागी उत्कृष्ट संरचनाको आवश्यकता भएको बताउनु भएको छ । उहाले लुम्बिनी बौद्ध बिश्वबिद्यालयको बिकासका लागी थप साधनस्रोत सहितका संरचनाहरु सम्पन्न गरी बिकास गर्नुपर्ने आवश्यकता भएको उल्लेख गर्दै बौद्ध शिक्षा दर्शनको प्रमुख केन्द्रको रुपमा स्थापित गर्न सके मात्र लुम्बिनीमा धार्मिक पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनु भयो ।
उहाले लुम्बिनी बिकास कोषले तयार पारेको गुरुयोजनाको कार्यान्वयन गरेर यहाको पुरातात्विक , सांस्कृतिक पक्षको सम्ंबद्र्धन र पर्यटक प्रवद्र्धनमा योगदान गर्न ढिलाई गर्न नहुने बताउनु भयो । उहाले लुम्बिनीमा यस्ता प्रकारका गुम्बा तथा बिहारको संरचनाले लुम्बिनीको शैक्षिक र आध्यात्मिक गरिमा अभिबृद्धिमा थप योगदान पुग्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।
भण्डारीले भैरहवामा अवस्थित गौतम बुद्ध अन्तराष्ट्रिय बिमानस्थललाई पुर्ण क्षमताका साथ सुचारु गर्नका लागी पुर्वाधार बिकासका साथै नितिगत ब्यवस्थापकीय तथा प्राबिधिक सुधारका लागी यथाशिघ्र पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्नु भएको छ । उहाले बिमानस्थललाई प्रभावकारी रुपमा संचालन गर्न सके मात्र लुम्बिनी क्षेत्रलाई अन्तराष्ट्रिय पर्यटन तथा ब्यापारीक केन्द्रको रुपमा बिकास गर्न सकिने जोड दिनु भयो ।
यस्तै गरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीमा थप गुम्बा निमार्ण हुन लागेको र यसले बुद्धका उपदेशहरुलाई विश्वजगतमा फैलाउन महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ । उहाले शिलान्यास गरिएको गुम्बालाई समयमै सम्पन्न गर्न सुझाव दिदै शान्तिका अग्रदुत गौतमबुद्धको सन्देशलाई बिश्वभर प्रवाह गर्ने बिश्वास ब्यक्त गर्नु भयो । उहाले लुम्बिनी क्षेत्रमा मास्टर प्लान अन्र्तगत ४२ वटा प्लटमा बिभाजित गरी बिभिन्न संघसंस्थालाई दिएको बताउदै गुम्बाहरु मास्टर प्लान अनुसार अगाडी बढन नसकेको गुनासो गर्नु भयो । उहाले लुम्बिनी गुरुयोजनाभित्र कतिपयले जग्गा ओगट्ने गरेको तर गुम्बाको काम नगर्ने गरेको पाइएकोले त्यस्तो प्रवृत्तिलाई नियन्त्रण गर्न आग्रह गर्नु भएको छ ।
यस्तै गरी लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले लुम्बिनी क्षेत्रमा केञ्जो टांगेले डिजाइन गरेको मास्टर प्लान अन्र्तगत वेष्ट मोनाष्ट्रेी जोनमा गुम्बा थप्न लागेको बताउनु भएको छ । उहाले लुम्बिनीमा अन्य बौद्ध गुम्बा र बिहारहरु केही बनिसकेको र केही बन्ने अवस्थामा रहेको बताउदै थुक्छे छोईलिङ्ग गुम्बा बनाउन लागेको उल्लेख गर्नू भयो ।
उहाले लुम्बिनीको समग्र बिकासका लागी लुम्बिनी क्षेत्रभित्र ४२ वटा प्लटहरुमा विभिन्न बौद्ध सम्प्रदायहरुका बिशेष गुम्बाहरु रहने बताउनु भयो । उहाले लुम्बिनीमा आउने पर्यटक तथा तिर्थयात्रीहरुलाई बुद्धको ज्ञान र उपदेश दिनका लागि यो गुम्बाको डिजाइन बनाउन लागिएको जोड दिनु भयो । उहाले गुरुयोजना सम्पन्न गर्नका लागी जग्गा दिदा समेत त्यसलाई कतिपयले ओगटेर गुम्बा निमार्ण नगरेको गुनासो गर्नु भयो । उहाले लुम्बिनी बिकास कोषले गुरुयोजना सम्पन्न गर्न लागि रहेको अवस्थामा गुरु योजनाको अंगको रुपमा रहेको बिहारगुम्बाहरु सम्पन्न नभएकमा गुरुयोजना नै अपुर्ण हुने बताउनु भयो ।
उहाले लुम्बिनीमा गुम्बा र बिहार बनाउने भनेर धेरै जग्गा ओगटेर बसेका तर निमार्ण नगरेकाले लुम्बिनीमा प्रोजेक्ट देखाएर विदेशमा चन्दा संकलन समेत गर्ने गरेको बताउँदै अब त्यसरी जग्गा मात्रै ओगट्ने परिपाटीलाई निरुत्साहित गर्न लुम्बिनी बिकास कोषले कदम चालिसकेको बताउनु भएको छ । उहाले लुम्बिनीको गुरुयोजनाका कामहरु सम्पन्न गरेर अगाडी बढने जोड दिनु भयो । उहाले लुम्बिनीको सरसफाई लगायत यहाका रितिरिवाज झल्कने हिसाबले काम गर्न र लुम्बिनीको समग्र बिकासका लागी तिनै तहका सरकारलाई पहल गर्न आग्रह गर्नु भयो ।
गुम्बाको शिलन्यास कार्यक्रममा रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिसधा सदस्य बासुदेव घिमिरे, लुम्बिनी साँस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, थुक्छे छोइलिङ्ग गुम्बा धर्मचक्र महाविहारका अध्यक्ष छिरिङ जाङबू तामाङ लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । हिमाली बौद्ध गुम्बाको आकारमा तीन वर्षभित्र सम्पन्न गर्ने योजना अनुसार शिलान्यास गरिएको लुम्बिनी विकास कोषका महासचिव बाबुराजा श्रेष्ठले बताउनु भयो ।
शिलान्यास समारोहमा पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य कृष्ण गोपाल श्रेष्ठ, लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराई, कोषका कार्यकारिणी सदस्य श्याम रोक्का, राजेश शाक्य, वरिष्ठ निर्देशक ज्ञानिन राई, लुम्बिनी होटल संघ, नेपालका अध्यक्ष गोविन्द ज्ञवाली लगायतको सहभागिता रहेको थियो । लुम्बिनी गुरुयोजनाभित्रको पश्चिम खण्डको १४ नम्बरको प्लटमा गुम्बा निर्माण सुरु गरिएको हो ।
प्रकाशित मिति: २०२५-०३-२८ , समय : २३:३१:५९ , ४ दिन अगाडि