गौतमबुद्ध विमानस्थल भैरहवाबाट गाँजासहित भारतीय महिला पक्राउ

रुपन्देही खबर , २१९  पटक हेरिएको

भैरहवा, चैत ५

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित एक भारतीय महिला पक्राउ परेकी छिन । सोमबार दिउँसो थाईल्याण्डबाट थाई एयर एसियाको विमानमा आएकी भारतको महाराष्ट्र प्रदेश मुम्बई बस्ने गुलनाज बेगको लगेज चेकजाँच गर्ने क्रममा उनीबाट साढे ७ किलो गाँजा सहित पक्राउ परेको विमानस्थल प्रहरी कार्यालय जनाएको छ ।

बरामद गाँजा २६ थान प्याकेटमा प्याक गरेर थाई एयर एशियाको विमानमार्फत ल्याइएको गाँजा कसका लागि , कहाँ लैजानका लागि ल्याइएको भन्ने अझै नखुलेको प्रहरीले जनाएको छ । गाँजासहित पक्राउ परेकी महिलालाई थप अनुसन्धान र आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको छ ।

प्रकाशित मिति: २०२५-०३-१८ , समय : ०८:३५:५५ , ३ हप्ता अगाडि

error: कोपि गर्न पाइदैन