उर्मिला यादव , १७८ पटक हेरिएको

देवदह, चैत २
रंगहरुको पर्व होलीको बिशेष अवसरमा गोपाल सेवा समिती देवदह १ राजाबारी रुपन्देहीले होली मिलन कार्यक्रम सम्पन्न गरेको छ । गोपाल सेवा समिती देवदह १ राजाबारीका अध्यक्ष पुरन यादवको अध्यक्षता तथा गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवको प्र्रमुख आतिथ्यतामा शुक्रवार राजाबारीमा होली मिलन कार्यक्रम सम्पन्न भएको हो । होली मिलन कार्यक्रमको उदघाटन जेष्ठ नागरिक रामनारायण यादवको हातबाट टिका लगाई गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गोपाल सेवा समितीका केन्द्रिय उपाध्यक्ष तथा रुपन्देही जिल्ला अध्यक्ष भरथरी यादवले गोपाल सेवा समिती देवदहले १ ले हरेक बर्ष गर्दै आएको बिभिन्न कार्यक्रमहरुले सामाजिक सदभाव बढाउने कार्य गरेको बताउनु भएको छ । उहाले यस समितीले रक्तदान कार्यक्रम लगायत बिभिन्न किसिमका उदाहरणीय कार्यक्रम गर्दै आएको र यसले समाजमा राम्रो प्रभाव पारेको उल्लेख गर्नू भयो । उहाले गोपाल सेवा समितीमा चुनौती पनि यसको सामना हामी सबै मिलेर गर्नुपर्ने बताउनु भयो ।
उहाले यस समितीले यादव यादवहरुबिचमा भावनात्मक सम्बन्धको बिकास गर्नुका साथै समाजिक चेतना बढाउदै आएको उल्लेख गर्नू भयो । उहाले यस समितीले अन्य समुदायलाई पनि जोडदै बिभिन्न कार्यक्रमका माध्यमबाट सक्रिय भुमिका निर्वाह गर्दै आएको बताउनु भयो । केन्द्रिय उपाध्यक्ष यादवले यस समितीको उदाहरणीय कामको सिको अन्य पालिका लगायत वडाका समितीले पनि गर्नुपर्ने जोड दिनु भयो ।
यस्तै गरी देवदह ११ का वडाध्यक्ष दुधनाथ यादवले बोल्दै यादवहरुबिच भाइचाराको भावना हुन जरुरी रहेको बताउनु भएको छ । उहाले यो समुदाय बिच भएको कमीकमजोरीलाई सुधार गर्दै एकताको डोरीमा जुटन आग्रह गर्नु भएको छ । उहाले यो समुदाय बिच एकता भए मात्र सफल हुन सक्ने भएकोले गोपाल सेवा समिती मार्फत नै एकताको डोरीमा बाध्न सबैमा अनुरोध समेत गर्नु भएको छ ।
यस्तै गरी कार्यक्रममा बोल्दै गोपाल सेवा समिती देवदह १ राजाबारीका अध्यक्ष पुरन यादवले जनसंख्याको आधारमा ४ दशमलन ६ प्रतिशत यादव जाती भए पनि कुनै पनि तहमा पुग्नका लागी धेरै संघर्ष गर्नु परेको बताउनु भएको छ । उहाले देशको परिर्वतनमा यादवहरुको महत्वपुर्ण योगदान रहेको बताउदै यादवहरुलाई अझै अगाडी ल्याउन एकआपसमा सहयोग र एकताको आवश्यकता भएको जोड दिनु भयो । उहाले जबसम्म यादवहरुबिच एकता हुन सक्दैन तब सम्म यादव समुदाय जति शिक्षित भए पनि पछाडि नै परिरहने जिकिर गर्नु भयो । उहाले यादव समुदायलाई एकताबद्ध गरेर अगाडी ल्याउनका लागी यस बिषयमा बिस्तृत छलफल गर्न आवश्यक रहेको बताउनु भयो । उहाले गोपाल सेवा समिती देवदह १ राजाबारीले बिगत लामो देखि नै रगतको अभावबाट कसैको ज्यान नजाओस भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गर्दै आएको बताउनु भएको छ ।
कार्यक्रममा स्वागत मन्तब्य राख्नुहुदै गोपाल सेवा समितीका सदस्य तथा देवदह वडा नम्बर १ का वडासदस्य लालमन यादवले गोपाल बंशका एक हिस्सा भएका यादव समुदाय एकजुट हुन आवश्यक भएको बताउनु भएको छ । उहाले यो समुदायलाई एकजुट बनाउन र एकताका माध्यमबाट अगाडी ल्याउनका लागी गोपाल सेवा समिती देवदह १ राजाबारीले महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएको बताउनु भयो ।उहाले होलि कार्यक्रम मार्फत नै हामीले आफनो सुखदुख साटासाट गर्ने अवसर पाएको बताउदै एकआपसमा रंगहरु जसरी घुलेर रंगीन हुन्छन त्यसरी नै यादव समुदाय संगै सम्पुर्ण समाजका अगुवाहरु एकजुट भएर समाजको हकहितमा काम गर्दै आएको समेत बताउनु भयो । उहाले देवदह १ मा बिगत लामो समय देखि यसरी नै सामुहिक रुपमा होली पर्व मनाउदै आएको जोड दिदै आफनो पर्व र संस्कृतिलाई जोगाइराख्न सबैमा आग्रह गर्नु भएको छ ।
गोपाल सेवा समिती देवदह १ का सदस्य अनिरुद्ध यादवले संचालन गर्नु भएको कार्यक्रममा गोपाल सेवा समिती रुपन्देहीका जिल्ला सदस्य राजाराम यादव, गोपाल सेवा समिती देवदह १ का सचिव जोखु यादव लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने
कार्यक्रममा उदयमान यादव , मोहन यादव, शिवधारी यादव, धर्मराज यादव, कटेश्वर यादव, रामदुलारे यादव, बैजनाथ यादव, सुरेन्द्र यादव, हरिराम यादव, बिष्णु यादव, रामचन्द्र यादव, बिनांचल यादव, टोकु यादव, रामप्रकाश यादव बिबरबहादुर यादव, घनश्याम डुम्रे, मनोज कवर,लगायत स्थानिय सरोकारवाला ब्यक्तित्वहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०३-१५ , समय : ११:२५:१७ , १० घन्टा अगाडि