उर्मिला यादव , १७७ पटक हेरिएको

नवलपरासी, चैत १
पश्चिम नवलपरासीमा घुमवा प्रहरीले आतंक मच्चाउदै आएको कुरा खुलेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीमा कार्यरत प्रहरी हवल्दार शंकर बस्याल र सहायक प्रहरी हवल्दार विजय यादवले ठूला तस्करहरुसित सेटिंगमा तस्करी गराउदै आएको र सर्वसाधारणलाई सास्ती दिँदै आएपछि जनगुनासो बढेको छ । प्रहरी हवल्दार शंकर बस्याल कपिलबस्तुको इलाका प्रहरी कार्यालय पिपरामा कार्यरत रहदा लागुऔषध मुद्धामा मुछिएका एक प्रहरी समेत हुन । उनी बिगत ५ बर्षदेखि जिप्रका नवलपरासीमा कार्यरत छन । भने सहायक प्रहरी हवल्दार ७ बर्षदेखी नवलपरासी जिल्लामा कार्यरत छन ।
घुमुवामा रहेका बस्याल र यादवले बुधबार बिहान ३ बजे तिर बर्दघाट १३ लेबडा बाटो हुदै भारतबाट नेपाल तर्फ साइकलमा होलीको कपडा कुर्ता र टिसर्ट ल्याउदै गरेका बाल किशोर केवट र कोठारी केवटलाई पक्राउ गरी कुटपिट गरेको पिडितले बताएका छन । प्र्रहरी घुमुवा बस्याल र यादवले मादक पदार्थ सेवन गरेको अवस्थामा जिविको पार्जनका लागि साइकलबाट सामान ल्याउदै गरेका बालकिशोर केवट र कोठारी केवटलाई पिट्दै हतकडी लगाएर सामान जफत गरेको प्रत्यक्षदर्शीले बताएका छन ।
अब देखि सामान नल्याउने र छोडदिन आग्रह गर्दा पनि दुवै प्रहरीले पिटदै पेस्तोल दुई जनाको छातिमा लगाएर धेरै बोल्छौ भने गोलि ठोकदिन्छु भन्दै समान सहित आफुहरुलाई जेल चलान गरेको पिडित बाल किशोर केवटले बताएका छन ।
केवटका अनुसार मोबाइल र पैसा लगायत सबै समान छोडेर जेल हालेको र पछि महेशपुर प्रहरी चौकि एवं महेशपुर भन्सार कार्यालय नवलपरासीमा ४९ हजार ६ सय रुपैया तिराएर मात्र छोडेको रुदै केवटले बताएका छन ।
केवटका अनुसार उनी ऋण लिएर बिदेश गएको त्यहा पनि भनेको जस्तो काम दाम नपाएको र एजेन्टले ठगेकोले भागेर नेपाल आएपछि नेपालमा काम खोज्दा नमिलेपछि परिवार धान्नलाई थोरै थोरै सामान भारतबाट नेपाल साइकलमा ल्याई ब्यापार गर्ने गरेको थिए तर यो पनि मेरो लागि काल बन्यो । नवलपरासीको बिभिन्न नाकाबाट रातभरि मोटरसाइकल र पिकपको पिकप नेपाल हुदै भारत र भारत हुदै नेपाल सामान आवतजावत हुन्छ तर प्रहरीले मुख दर्शक बनेको बताउदै हामीजस्ता निमुखालाई मात्र दबाउन र कार्वाही गर्न पुलिस प्रशासन जानेको भन्दै गुनासो गरेका छन ।
आफुहरु गल्ती गरेको भए नियमानुसार कार्वाही भोग्न तयार रहेको तर पशु सरह कुटपिट गरी मानव अधिकार हनन गरेको कोठारी केवट ले दुख ब्यक्त गरेका छन । घुमुवा प्रहरी विजय यादव र शंकर बस्यालबाट कुटपिट भएका बाल किशोर केवट र कोठारी केवटको शरिरमा डाम बसेको छ । भने बाल किशोर केवटको खुट्टामा भित्री चोट लागेको र हिडन समेत समस्या भएको छ ।
पश्चिम नवलपरासी यतिबेला तस्करीको लागि मुख्य ट्रान्जिट प्वोइन्ट बनेको छ । एकातर्फ नेपालको राजस्व चुहावट गर्ने अर्कोतर्फ प्रहरी र भन्सारका कर्मचारीहरु मोटाउने कार्य बढ्दै गइरहेको छ । सीमावर्ती भारतीय बजारबाट यतिबेला ठूलो मात्रामा कपडाको तस्करी भइरहेको छ । साथै माछा, कुखुरा, कुखुराका चल्ला, चिनी, लत्ताकपडा, मकै ,गहु,चामल,इलेक्ट्रिकल सामाग्री ,हार्डवेयरका सामान,टायल लगायत गल्लाका थुप्रै सामान ओसारपसारमा प्रहरीको ठूलो हात रहँदै आएको छ ।
बिशेषगरी नेपाल प्रहरी, सशस्त्र प्रहरीको संलग्नतामै नवलपरासीको बिभिन्न नाकाबाट तस्करहरुले सजिलै तस्करी गर्दै आइरहेका छन् । यसबापत तस्करहरुले प्रहरीहरुलाई मासिक रुपमा हजारौं रकम दिने गरेको रुपन्देही खबर स्रोतले बताएको छ । सूचना संकलनका लागि कार्यालय प्रमुखले सिभिलमा परिचालन गरेको भनिए पनि यथार्थमा त्यस्ता सिभिलमा परिचालित घुमुवाहरू हाकिम र आफ्ना लागि रकम उठाउने अभियानमा सक्रिय हुँदै आएका कारण पनि यिनै घुमुवाका कारण प्रहरी संगठन नै बदनाम हुदै आएको छ ।
नवलपरासीमा घुमुवा प्रहरीको आतंक व्यापक मात्रामा बढिरहेको छ । सीमा क्षेत्रमा हुने तस्करीधन्दा घुमुवाकै कारण संरक्षित हुने गर्दछ भने तस्करहरूसँग मोटो रकम लिएर तस्करी भएको सामान आफ्नो क्षेत्र कटाएर पठाउने कामसमेत यिनै घुमुवाहरूले गर्दै आएको स्रोतले बताएको छ । कार्यालय प्रमुखका नाममा घुमुवाले तस्करहरूदेखि व्यापारीसँग रकम असुली गरेका छन । अन्य जिल्लाहरूमा सीमा क्षेत्रका अतिरिक्त कमाइ हुने चौकीका प्रमुखहरूले जिल्लाको प्रहरी प्रमुखलाई सोझै भेटी मासिकरूपमा रकम बुझाउने गर्ने प्रचलन रहिआएकोमा पश्चिम नवलपरासीमा भने घुमुवा प्रहरीले रकम उठाउने गरेको गुनासो चौतर्फी रूपमा बढ्न थालेको छ ।
बुधबार घटेको घटनाप्रति जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक ज्ञानेन्द्र फुइयाललाई यस बिषयमा सोधपुछ गदा घटना बारे आफुहरुलाई थाहा नभएको र सामान पक्राउ गरेपछि गलत सुचना दिएर अपवाह फैलाएको हुन सक्ने बताउनु भयो । उहाले यस बिषयमा अनुसन्धान गर्ने बताउनु भयो ।
प्रकाशित मिति: २०२५-०३-१४ , समय : १०:४०:४३ , १३ घन्टा अगाडि