नवलपरासीमा घुमुवा प्रहरीकै सेटिङमा चोरी तस्करी

रुपन्देही खबर , ४७०  पटक हेरिएको

नवलपरासी, फागुन २९

पश्चिम नवलपरासीमा दिन दुई गुणा रात चार गुनाका दरले चोरी तस्करी भइरहेको छ । भारतसंग सिमाना जोडिएका नवलपरासीका बिभिन्न नाकाबाट प्रहरीकै मिलोमतोमा तस्करी बढेको एक स्रोतले बताएको छ । भारतबाट नेपालतर्फ सामान तस्करी हुनेमा लत्ताकपडा, कुखुराका चल्ला, चिनी, मार्बल, टायल, किराना, इलेक्ट्रिक, हार्डवेयरका सामान,लगायत अधिकांश गल्लाका सामानहरु ठुलो मात्रामा तस्करी हुदै आएको स्रोतले बताएको हो । जिल्लाको गेर्मी, सनई , भुजहवा, पचपेडा, बसैया, रामनगर नाकाबाट ठुलो रकम लिई प्रहरीकै सेटिंगमा तस्करी हुदै आएको छ ।
नवलपरासी जिल्लाको सुरक्षा प्रमुखमा ज्ञानेन्द्र फुइयाल हुनुहुन्छ । उहाका आन्तरिक घुमुवा प्रहरी हवल्दार शंकर बस्याल, प्रहरी सहायक हवल्दार बिजय यादवले तस्करसँग सेटिङ् मिलाएर तस्करी गराएको खुल्न आएको छ । नवलपरासी जिल्लाको सबै प्रहरी युनिटलाई पछि पार्दै एसपी फुयालको आडमा तस्करी गराएका छन् । नवलपरासीका ठुला तस्करहरु सनइ नाकाबाट तस्करी गराउने बब्लु सिंह , नरेश यादव, जितेन्द्र बनिया, गोपी खान बाट मोटो रकम असुली बस्याल र यादवले तस्करी गराउदै आएका छन । यस्तै गरी गेर्मी नाकाबाट मनोज रौनियार, बलमुकुन्द रौनियार, बेचु तेली, सिकन्दर केवट, अशोक बनिया, मिनु खन्ना, ओमकार गुप्ता,ब्यासमुनी कहार , अमानीगंज नाकाबाट बब्लु कमकर, जगलाल हरिजन , मोहम्मद खां, मणी कहार, राजेश गूप्ता, सुवास हरिजन, भुजहवा नाकाबाट ठुलो मात्रामा तस्करी गर्ने पिन्टु यादव, गोबिन्द बनिया गुप्ता, कलाम मुसलमान, मुराली बनिया, गुप्ता, सुनिल सहानी, अनिल यादव, र बसहिया नाकाबाट ठुलो मात्रामा तस्करी गराउने कपडा तस्कर मामा पाल, लक्ष्मी पाल, पिन्टु, बजरंगी, कवाडी रमेश कानु, बुधेश यादव, सुरेन्द्र मुर्गा लगायतका ठुला तस्करहरुबाट रकम लिई बस्याल र यादवले जिल्लाको बिभिन्न नाकाबाट राति १० बजेदेखि ३ बजे सम्म तस्करी गराउदै आएका छन ।
उनीहरुले तस्करलाई समातेको देखाउनका लागी घरायसी प्रयोजनका साइकलमा थोरै सामान ल्याउँने र  पैदलयात्री, तथा स्थानियलाई  चेकजाँच गरी पक्राउ गरी दुख दिने गरेको  स्थानियले आरोप लगाएका छन ।

घुमुवा प्रहरी बस्याल र यादवले एसपी फुइयाललाई गुमराह गरी तस्करी गराउदै आएको रुपन्देही खबरको  स्रोतले बताएको छ । भने उक्त अवैध कारोबारमा भारतीय मोटरसाइकल प्रयोग भइरहेका छन् । यसरी खुलेआम तस्करी भइरहँदा पनि स्थानीय प्रशासन भने  मौन छ ।

यसैबीच जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रमुख एसपी ज्ञानेन्द्र फुइयाललाई रुपन्देही खबरले यस बिषयमा जानकारी लिदा प्रहरीको मिलोमतोमा चोरी तस्करी हुने कुरै भएन भन्दै बस्याल र यादव त्यो प्रयोजनका लागी नखटेको बताउनु भयो । उहाले यस बिषयमा सत्य कुरा पत्ता लगाई जानकारी दिने बताउनु भयो  ।

प्रकाशित मिति: २०२५-०३-१३ , समय : १९:५१:२६ , १९ घन्टा अगाडि