तीन तहको सरकारले निजी क्षेत्रको सहयोग लिएर अघि बढ्नुपर्छ: मन्त्री खड्का

शशि पन्थी , १८८  पटक हेरिएको

महसुल मात्रै होइन यही रूपन्देहीको २२ वटा उद्योगको लाइन काटेको अवस्था थियो जति प्रयोग गर्‍यो त्यति तिर्ने हो । मन्त्री खड्काले भन्नुभयो अन्याय अत्याचार हुन हुन्न त्यसको अभिभावक सरकार हो यस्ता अन्याय पूर्ण काम हुन सरकारले दिँदैन । तपाईँका पिर मर्का सरकारको हो । सबै नागरिकको अभिभावक भनेको सरकार हो ।

कुन काम गर्दा अर्थतन्त्र बलियो हुन्छ ३ तहकै सरकारले निजी क्षेत्रको सहयोग लिएर अघि बढ्नुपर्छ । हामीले बिक्री गरेको विद्युत् बङ्गलादेश र भारतमा बिक्री हुने गरेको मन्त्रीले बताउनुभयो ।

१० वर्षमा साढे १३ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरि काम गरेका छौँ । विद्युतपछिको अर्को आर्थिक बिकास गर्न सकिने पर्यटन क्षेत्र हो । अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । व्यक्तिगत सम्बन्धका कारण पनि पर्यटक भित्रिन्छन् मन्त्री खड्काले भन्नुभयो ।

अस्थिरता अशान्ति सधैँ भएकाले दुई दल मिलेर सरकार बनेको बताउँदै मन्त्रीले जनताको संविधान निर्माण भएको बताउनुभयो ।  समय अनुकूल संविधान बनाउने र समृद्धि कायम गर्ने लक्ष्यका साथ काम गर्ने बताउँदै उहाँले मुलुकका हित विपरीत सरकारले काम नगर्ने बताउनुभयो ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चलायमान बनाउन सरकारको प्राथमिकता रहेको र सबै घरमा उद्यमी उत्पादन गर्नुपर्छ अनि हाम्रा प्राथमिकता यसरी अघि बढ्नुपर्छ भनेर सरकार लागेको उहाँको भनाइ थियो ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा पूर्व गृहमन्त्री सन्तोष कुमार पान्डेयले नेपालले पर्यटनको माध्यमबाट आर्थिक परिवर्तन गर्नुपर्ने बताउनुभयो । नेपालका पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्नुपर्ने उहाँको भनाइ थियो ।

सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानले  सबैले ऊर्जा वाला गाडी चलाउनु पर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले आयात गर्ने वा आयात गर्ने दुबैमा कठिनाइ भएकाले निजी क्षेत्र चिन्तित भएको बताउनुभयो ।

बजार चलायमान हुन सरकारले स्किम दिनुपर्ने तर सदैव करले व्यवसायीलाई समस्यामा नपार्न आग्रह गर्नुभयो । सरकारले आयात, निर्यात कि त विद्युतमा सुविधा दिन शर्माको आग्रह रहेको थियो ।

नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रिय सदस्य राजेश कुमार अग्रवालले सबै व्यवसायीको मनोबल घटेको बताउँदै ३०/४० प्रतिशत मात्रै उद्योग चलेको बताउनुभयो । केही कदम तत्काल उठाएमा मन्दीबाट बाहिर आउने बताउँदै पुँजीगत खर्च बढाउनु पर्ने बताउनुभयो ।

सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्योगी, व्यवसायीले अन्तर्राष्ट्रिय विमानस्थलमा होटेल, पर्यटन क्षेत्रमा लगानी अरबौँ लगानी गरेको बताउँदै उद्योग वाणिज्य सङ्घले ३०-४० प्रतिशतले उत्पादन गरिरहेको, उद्योगी व्यवसायी पलायन भएको मुलुकको आर्थिक अवस्था अझै दयनीय हुने बताउँदै निजी क्षेत्रलाई आश्वासन मात्रै दिँदा उद्योगी व्यवसायी चिन्तित बनेको बताउनुभयो । फर्म दर्ता गर्न महिनौँ सम्म झन्झट लाग्ने, चोरी तस्करीले राजस्व नउठ्नुका साथै अपराधका घटना समेत बढ्ने गरेको बताउनुभयो ।

आन्तरिक उडान सञ्चालन गर्नका लागि मन्त्री समक्ष अध्यक्ष श्रेष्ठले आग्रह गर्नुभएको थियो ।कार्यक्रममा साहित्यमा योगदान गरेका साहित्यकार वनमाली निराकार, पत्रकारिताबाट योगदान गरेको भन्दै पत्रकार रबिन्द्रप्रताप गुप्ता, नेपाल क्यान्सर सहयोग समूहका केन्द्रिय अध्यक्ष दिलीप भट्टराई लगायतलाई  सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०३-०७ , समय : १६:१९:५१ , १ महिना अगाडि

error: कोपि गर्न पाइदैन