उर्मिला यादव , २५० पटक हेरिएको

भैरहवा, फागुन १८
मोर्डन पब्लिक स्कुल सिनपा ८ शिवपथ भैरहवा रुपन्देहीको २२ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको छ । बिद्यालयका अध्यक्ष अमित यादवको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाको शिक्षा शाखा प्रमुख जान्ह्वी पाण्डेको प्रमुख आथित्यतामा शनिवार बिद्यालयमा २२ औं बार्षिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको उदघाटन गर्नु हुदै प्रमुख अतिथी पाण्डेले विद्यार्थी र विद्यालयको शैक्षिक विकासका लागि नगरपालिका र आफू प्रतिबद्ध रहेको बताउनु भएको छ । उहाले बालबालिकाको शैक्षिक विकासको लागि अभिभावक, समुदाय र सम्बन्धित सम्पूर्ण पक्षले विशेष भुमिका खेल्नुपर्ने बताउनु भयो ।
पाण्डेले शिक्षक मात्रैको प्रयासले शैक्षिक अवस्था सुधार गर्न नसकिने बताउदै यसका लागि अभिभावक, बिद्यालय व्यवस्थापन समिति पनि जागरुक भएर लाग्नुपर्ने बताउनु भएको छ । यसका लागि स्थानीय सरकारको पनि उत्तिकै भूमिका रहेको बताउँदै आफु सदैव तयार रहेको बताउनु भएको छ । उहाले अबको शिक्षक सूचना तथा संचार प्रबिधिमा पूर्ण जानकार र अद्यावधिक भएको हुनुपर्ने बताउदै प्रविधि प्रयोगको तालिम हरेक शिक्षकले लिएर आफूलाई अब्बल बनाएर मात्र कक्षामा प्रवेश गर्नुपर्ने अवस्था आएको र यसको लागि तीनै तहका सरकार र विद्यालयले मद्दत गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले मोर्डन पब्लिक स्कुलको विकासका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी बिद्यालयका अध्यक्ष अमित यादवले बिद्यालयका शिक्षक र कर्मचारी लगायत बिद्यालयको सम्पुर्ण टिमको अथक प्रयासले नै मोर्डन पब्लिक स्कुल शैक्षिक गुणस्तरमा फडको मारेको बताउनु भएको छ । उहाले आगामी दिनमा समेत बिद्यालयको शैक्षिक गुणस्तर लगायत बिद्यार्थीहरुको क्षमता बृद्धिमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ । अध्यक्ष यादवले २ बर्ष भित्रमा बिद्यालयको आफनै भवन र हल सहित भैरहवाको पहिलो डिजिटल र नमुना बिद्यालयको रुपमा बिकास गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले आफुले नेतृत्व गरिरहेको बिद्यालयलाई धेरै राम्रो तरिकाले अगाडी बढाउने योजनाका साथ काम गरिरहेको बताउनु भयो । उहाले छोटो अवधिमा बिद्यालयको टिमले बिद्यालय र बिद्यार्थीहरु बिकासको लागी गरेको अथक प्रयासले नै बिद्यालय यहा सम्म आइपुगेको जोड दिदै बिद्यालयको बिकास र शैक्षिक गुणस्तरमा अझै फड्को मार्ने योजनाका साथ कामहरु गरिरहेको समेत जानकारी दिनु भएको छ ।
यस्तै गरी ब्राइट स्टार इंगलिस बोडिंग स्कुल सिनपा १ रानी गाउका प्राचार्य एल.बि, रौतारले बिद्यार्थीहरुलाई अगाडी बढाउन र उनीहरुको शैक्षिक गुणस्तरमा अभिभावकहरुको महत्वपुर्ण भुमिका भएको बताउनु भएको छ । उहाले पछिल्लो समय अभिभावकहरु समेत मोवाइल लगायत अन्य क्रियाकलापमा ब्यस्त हुदा आफना बालबालिकाहरु निगरानी देखी बाहिर हुदा नै उनीहरु गलत संगतमा फस्ने गरेको उल्लेख गर्नु भयो । उहाले बिद्यार्थीहरुलाई मोवाइलबाट टाढा राख्न सकेमात्र उनीहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सकिने भएकोले यि कुराहरुको बिशेष ख्याल गर्न अभिभावकहरुलाई आग्रह गर्नु भएको छ ।
यस्तै गरी ब्राइट स्टार इंगलिस बोडिंग स्कुलका सहप्राचार्य राहुल यादवले मोर्डन पब्लिक स्कुलको नाम अनुसार यसलाई आधुनिकिकरण गर्न आग्रह गर्नु भएको छ । उहाले आधुनिक शिक्षा नै आजको आवश्यकता भएकोले यहाका शिक्षकहरुलाई सोही अनुसार शिक्षा प्रदान गर्न अनुरोध गर्दै यसमा अभिभावकहरुलाई आफनो महत्वपुर्ण भुमिका निर्वाह गर्न आग्रह गर्नू भएको छ । उहाले बालबालिकामा राम्रो शिक्षा र आचारणको प्रभाव अभिभावकबाट आउनुपर्ने जोड दिनु भयो । सहप्रचार्य यादवले बिद्यालयको ज्ञान मात्रले बिद्यार्थीहरु पुर्ण नहुने र संस्कार बिना कुनै पनि बिद्यार्थी सफल हुन नसक्ने भएकोले संस्कारका लागी अभिभावकबाट पहल हुनुपर्ने जोड दिनु भयो । उहाले आगामी दिनमा पनि यस बिद्यालयले बिद्यार्थीहरुको भबिष्य सुनिश्चित गर्दै दक्ष जनशक्ति उत्पादन गर्ने तरिकाले काम गर्दै जाने बताउनु भएको छ । उहाले यस बिद्यालयलाई भैरहवामा नै उत्कृष्ट बिद्यालय बनाउनका लागी सबैले हातेमालो गर्दै अगाडी बढन आग्रह समेत गर्नु भएको छ ।
यस्तै गरी जनता समाजवादी पार्टी नेपाल जसपा रुपन्देहीका जिल्ला अध्यक्ष सियाराम यादवले मोर्डन पब्लिक स्कुलले पछिल्लो समय धेरै फडको मारेको बताउनु भएको छ । उहाले बिद्यालयलाई अग्र पंक्तिमा पुरयाउनका लागी शिक्षक अभिभावक लगायतको अहम भुमिका भएकोले हातेमालो गर्दै अगाडी बढनुपर्नेमा जोड दिनु भएको छ । उहाले बिद्यालय नै बिद्यार्थीहरुको पबित्र मन्दिर भएकोले यसलाई सबैले संरक्षण गर्दै मिलेर अगाडी बढेमा मात्र बिद्यार्थीहरुको भबिष्य उज्वल हुन सक्ने बताउनु भएको छ ।
मोर्डन पब्लिक स्कुलको बिद्यार्थी खुसी खातुनको स्वागत मन्तब्य रहेको बार्षिक उत्सव कार्यक्रममा मोर्डन पब्लिक स्कुलका प्राचार्य कमल प्रसाद नेपाल, अभिभावक रमेश चौरासिया लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने बिद्यार्थी तुलसी रौनियार र एशु बनियाले कार्यक्रम संचालन गर्नु भएको थियो । कार्यक्रममा बिद्यालयका शिक्षक शिक्षिका, पुर्व बिद्यार्थी लगायत कार्यक्रममा सहभागी अभिभावकहरुलाई समेत प्रशंसा पत्रले सम्मान गरिएको थियो भने बिद्यालयमा भएका बिभिन्न खेलकुल प्रतियोगिता र आर्थिक बर्ष २०८० मा उत्कृष्ट स्थान हासिल गरेका बिद्यार्थीहरुलाई मेडल,प्रमाण पत्र, र शिल्ड प्रदान गरी सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यार्थीहरुले सांस्कृतिक नाचगान मार्फत आ आफनो कला प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बिद्यालयका शिक्षक , अभिभावक, मोर्डन पब्लिक स्कुलका प्राचार्य कमल नेपाल, ब्राइट स्टार इंगलिस बोडिंग स्कुलका कोर्डिनेटर नारायण कस्यप , ब्राइट स्टार इंगलिस बोडिंग स्कुलका इन्चार्ज अजिता रायमाझी , मोर्डन पब्लिक स्कुलका कोर्डिनेटर मुकेश यादव, मोर्डन पब्लिक स्कुलका सहप्राचार्य किसन थापा , शिक्षिका कमला रायमाझी, शिक्षक बाबुलाल केवट, सुमन मौर्य, अनामिका कन्सल्टेन्सी भैरहवाका प्रमुख अनामिका यादव, लगायत बिभिन्न संस्थाका पदाधिकारी, सरोकारवाला निकाय लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२५-०३-०२ , समय : १३:४२:१८ , १ महिना अगाडि