कपिलवस्तुमा दलित समुदायकाे थर सुचिकृत सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न

धनी राम काेरी , ३१०  पटक हेरिएको

कपिलवस्तु,  साउन ६

कपिलवस्तुकाे सदरमुकाम ताैलिहवामा राष्ट्रिय दलित आयाेग द्वारा दलित समुदायकाे थर सुचिकृत सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । बुद्धभुमि नगरपालिकाका प्रमुख केशव श्रेष्ठकाे अध्यक्षता , राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माको प्रमुख आतिथ्यता र पुर्व राष्ट्रिय सभा सदस्य रामलखन हरिजनकाे विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।

राष्ट्रिय दलित आयाेगले दलितहरुकाे थर सुचिकृत गरेकाे छ तर केही थरहरु छुटेको हुनाले नेपाल सरकारबाट प्राप्त गर्ने सेवा सुविधाबाट दलितहरु नै बञ्चित रहेको पाइन्छ अनि कतिपय त गैर दलितले दलितकाे सेव सुविधा नेपाल सरकार बाट लिइएको पाइन्छ । यस्तो समस्यालाई समाधान गर्न काे लागि राष्ट्रिय दलित आयाेगले दलित समुदायकाे थर सुचिकृत कार्यक्रम पूरा नेपाल भरी नै गर्दै आइरहेको छ ।

राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले राज्यकाे हरेक निकायमा दलितको सहभागीता गराउनकाे लागि काम गरिरहेकाे बतौनु भएको छ । खास गरेर धेरै दलितहरुले नेपाल सरकारबाट दिने सेवा सुविधा प्राप्त गर्न नसकिरहेकोले यसलाई सुधार गर्नु पर्नेमा जोड दिनु भएको छ । उहाले दलितको आर्थिक अवस्थालाई परिवर्तन गर्न प्रयास गरिरहेकाे समेत बताउनु भएको छ ।

नेपाल सरकारले दलितलाइ कुनै न कुनै रुपमा पीडा दिदै आइरहेको बताउनु भएको छ । अध्यक्ष विश्वकर्माले दलितबाट हामी मान्छे बन्न चाहेको र दलित जनप्रतिनिधिहरुलाई एउटा सक्रिय अभियानताकाे रुपमा स्थापित गर्नकाे लागि छिट्टै नै कार्यक्रम ल्याइरहेको समेत बताउनु भयो ।

 

त्यस्तै कपिलवस्तु जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्रले मधेसी दलित र पहाडी दलित भित्र धेरै फरक रहेको बताउनु भएको छ । उहाले पहाडी दलितहरु मधेसी दलितहरु बाट सेवा सुविधा प्राप्त गर्न अगाडि रहेको बताउनु भयो । संविधानमा लेखिएको अधिकार दलितहरुले प्राप्त गर्नु पर्छ । दलितलाई कसैले कुनै प्रकारकाे छुवाछूत , भेदभाव जस्तो व्यवहार गरेकाे खण्ड कानुनी बमोजिम कार्वाही हुने समेत बताउनु भएको थियो ।

कार्यक्रम कपिलवस्तु जिल्ला समन्वय समितिकाे आयाेजना र दलित सामाजिक विकास केन्द्रकाे सह-आयाेजनामा दलित समुदायकाे थर सुचिकृत सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

 

उक्त कार्यक्रममा कपिलवस्तु जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र कुमार मिश्र , कपिलवस्तु नगरपालिकाको उपप्रमुख सुनिता गुप्ता , विजयनगर गाउँपालिकाको उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरी , यशाेधरा गाउँपालिकाको उपप्रमुख गुन्जादेवी माैर्या , बाणगंगा नगरपालिकाको उपप्रमुख रीता कुमारी चाैधरी लगायत सचेत दलितहरुकाे सहभागीता रहेको थियो ।

कार्यक्रम रामशरण रैदासले संचालन गर्नु भएको थियो

प्रकाशित मिति: २०२२-०७-२२ , समय : ०६:४०:४० , २ वर्ष अगाडि