प्याब्सन मायादेवीद्धारा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

लुम्बिनी शिक्षा निकेतन १६० अंकका साथ प्रथम

उर्मिला यादव यात्री , ३५५  पटक हेरिएको

भैरहवा, फागुन ९

निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) मायादेवी गाउपालिकाको आयोजनामा आज शुक्रवार  दिब्या दर्पण इङलिस बोर्डिङ स्कुल मायादेवी ६ शिवपुरमा पालिका स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ । निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल ( प्याब्सन )मायादेवीका अध्यक्ष प्रमोद यादवको अध्यक्षता तथा मायादेवी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष अवधराज यादवको प्रमुख आतिथ्यतामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिताको उदघाटन गर्नु हुदै प्रमुख अतिथि यादवले प्याब्सनले समाज रुपान्तरणको लागि लुकेर रहेका प्रतिभालाई समाजमा चिनाउनको लागि महत्वपुर्ण भुमिका खेलेको बताउनु भएको छ । उहाले विजयी तथा सम्पुर्ण विद्यार्थीहरु र प्रतियोगितामा भाग लिने विद्यालयहरुलाई धन्यवाद दिदै यस्ता प्रतिभाहरुलाई पहिचान गर्ने कार्यक्रम पटकपटक गर्न सकेमा स्थानिय, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा योगदान दिन सकिने बताउनु भएको छ । साथै प्याब्सनले विद्यार्थीहरुलाई उद्यमशिलता, शिक्षा, खेलकुद लगायतका विषयहरुलाई सामाजिक रुपान्तरणसंग जोड्नु पर्ने उहाँको भनाई थियो ।

यस्तैगरी प्रतियोगितामा प्याब्सन मायादेवीका अध्यक्ष प्रमोद यादवले प्याब्सन मायादेवीले बिद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभालाई उजागर गर्दै बिभिन्न किसिमका क्रियाकलापहरु गर्दै आएको बताउनु भएको छ । उहाले हाजिरी जवाफ प्रतियोगिताले बिद्यार्थीहरुमा बौद्धिक क्षमता बृद्धि गर्ने महत्वपुर्ण भुमिका निर्वाह गर्ने भएकोले यो प्रतियोगिता आयोजना गरेको बताउनु भएको छ ।

उहाले किताबी ज्ञानका साथसाथै अन्य शैक्षिक क्रियाकलापले बिद्यार्थीहरुमा बौद्धिक ज्ञान, सिप लगायत अन्य क्रियाकलापले बिद्यार्थीहरुलाई सक्रिय बनाउनमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । उहाले हाजिरी जवाफ प्रतियोगितामा महत्वपुर्ण भुमिका निर्वाह गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै आगामी दिनमा समेत प्याब्सन मायादेवीले बिद्यार्थीहरुको क्षमता अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु ल्याउने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी बिशिष्ठ अतिथी समाजसेवी पंकज यादवले बोल्दै पछिल्लो समय बिद्यार्थीहरुलाई ज्ञान आर्जन गर्नका लागी प्रशस्त माध्यम भएकोले यसको सदुपयोग गर्न आग्रह गर्नु भएको छ । उहाले आगामी दिनमा समेत बिद्यार्थीहरुको बौद्धिक क्षमता अभिबृद्धि गर्ने खालका यस्तै कार्यक्रम ल्याउन समेत आग्रह गर्नू भएको छ । उहाले प्रतियोगितामा हारजित हुनु स्वभाबिक भएकोले बिजयी नभएका बिद्यार्थीहरुलाई निरास नहुन आग्रह समेत गर्नु भएको छ । उहाले प्रतियोगिताबाट बिद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास हुनु मात्र नभइ उनीहरुले यसबाट धेरै ज्ञान बटुल्न पाएको समेत बिश्वास ब्यक्त गर्नु भएको छ ।

प्रतियोगितामा कार्यक्रम संयोजक तथा प्याब्सन मायादेवीका सदस्य तथा दिब्या दर्पण इंगलिस बोर्डिङ स्कुल मायादेवी ६ शिवपुरका संस्थापक प्रिन्सिपल रामसुमेर यादवले स्वागत मन्तब्य राख्दै प्रतियोगितामा सहभागी हुने बिद्यार्थीहरुले नया ज्ञान सिक्न पाएको बताउनु भएको छ । उहाले प्रतियोगितामा सहभागी हुनुपुर्व बिद्यार्थीहरुले गरेको तयारीले पनि धेरै कुरा सिकेको बताउदै बिद्यार्थीहरु लगनशील हुनुपर्ने बताउनु भएको छ ।

उहाले बिद्यार्थीहरुमा हार कहिल्यै नहुने हुदा कहि पोजिसन आउने र कहि नआउने हुदा यसमा निरास नहुन समेत आग्रह गर्नू भएको छ । उहाले हाजिरी जवाफ प्रतियोगिताले सिमित दायरामा अध्ययन गर्ने बिद्यार्थीहरुको बाहय ज्ञानलाई फराकिलो बनाउने समेत बताउनु भएको छ ।

११ वटा बिद्यालयको सहभागिता रहेको यसप्रतियोगितामा लुम्बिनी शिक्षा निकेतन मायादेवी ४ का  रुक्मिणी श्रीवास्तव, आरिफ खान र बिवेक यादवको समुह १६० अंक प्राप्त गरी प्रथम भएको छ ।

यस्तै गरी सरस्वती शिशु सदन मायादेवी ७ का दिपक लोहार, सिता पासवान र आर्दश कुर्मीको समुह १२० अंक सहित दोस्रो स्थान हासिल गरेको छ भने एभरेष्ट मोर्डन इंगलिस बोडिंग स्कुल मायादेवी ३ का ज्योती यादव, आर्दश पासी र राकेश केवटको समुहले ११० अंक ल्याइ तृतीय स्थान हासिल गरेको छ ।

यस्तै गरी प्रवेश इंगलिस बोडिंग स्कुल मायादेवी १ को कबिता यादव , श्याम सुन्दर यादव र अर्जुन यादवको समुहले ९५ अंक ल्याइ सान्त्वना स्थान हासिल गरेको छ ।

प्रतियोगितामा बिजेता भएका समुहलाई शिल्ड, प्रमाणपत्र र सामान्य ज्ञानपुस्तक प्रदान गरी सम्मान समेत गरिएको थियो भने प्रतियोगितामा सहभागी सम्पुर्ण बिद्यार्थी तथा बिद्यालयलाई समेत प्रमाणपत्रले सम्मान गरिएको थियो ।


निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवी गाउपालिकाका सचिव बिरजुनाथ सिंहले संचालन गर्नु भएको प्रतियोगिताको सहजीकरण क्वीज मास्टर नामदेव अर्यालले गर्नू भएको थियो ।

प्रतियोगितामा निजी तथा आवासिय बिद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन मायादेवीका कोषाध्यक्ष राजेश यादव, लुम्बिनी शिक्षा निकेतनका शशि यादव, सिद्धार्थ मोर्डन इंगलिस स्कुलका सुरज कुमार हरिजन, सरस्वती शिशु सदन रुपन्देहीका गोबिन्द केवट, कालिका पब्लिक हाइस्कुलका राजकुमार मुराव, अजय कुमार राव, सनग्रेस इंगलिस बोडिंग स्कुलका दिनेश गूप्ता लगायत ११ वटा बिद्यालयका बिद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो ।

 

प्रकाशित मिति: २०२५-०२-२१ , समय : २२:३८:४५ , ३ दिन अगाडि