पत्रकारहरुमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न पत्रकार महासंघको माग

बुटवल , ३४८  पटक हेरिएको

बैशाख २
नेपाल पत्रकार महासंघ रुपन्देहीले सञ्चारकर्मीहरुमाथि रिर्पोटिङमा खटिएको बेला प्रहरीबाट भएको हातपात र दुर्व्यहारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघका सचिव विनोद परियारले शुक्रबार एक विज्ञप्ति जारी गर्दै पत्रकार परिचय देखाउँदा पनि छातीमा समातेर पत्रकार चिन्दिन भन्दै प्रहरीले गरेको हातपात र दुव्यवहार खेदजनक भएको बताएका छन् । साथै महासंघ रुपन्देहीले पत्रकारहरुमाथि हातपात गर्ने, गालीगलौज र दुव्यंहार गर्ने प्रहरीलाई कारवाही गर्न माग समेत गरेको छ ।

‘महासंघ रुपन्देहीका सदस्यसँगै अन्य सञ्चारकर्मीहरुमाथि प्रहरीले लाठी प्रहार गरी घाईते बनाएको क्यामेरामा समेत क्षति पुगेकाले यस्तो कार्यको महासंघ कडा शब्दमा भर्त्सना गर्दछ । पहिचानसहित रिर्पोटिङमा रहेका पत्रकारहरुमाथि गरिएको हातपात तथा दुर्व्यवहार स्वतन्त्र पत्रकारिताको भावना र मर्म विपरित छ । स्वतन्त्रता पूर्वक रिपोटिङ गर्न पाउने अधिकारलाई कुण्ठित गर्दै जिम्मेवार प्रहरी अधिकारीहरुबाट भएको निन्दनीय आक्रमणले स्वतन्त्र प्रेसमाथि प्रहरी संगठनको नियतमा समेत शंका उब्जाएको छ पत्रकारहरुमाथि हातपात गर्ने, गालीगलौज र दुव्यंहार गर्ने प्रहरीलाई कारवाही गर्न महासंघ जोडदार माग गर्दछ । ’– विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति: २०२२-०४-१५ , समय : १७:५७:५४ , ३ वर्ष अगाडि