रुपन्देही खबर , ३४५ पटक हेरिएको

भैरहवा, फागुन ७
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न मुद्धाका ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय
रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले चोरी तर्फ २३ हजार २ सय रुपैया जरिवाना भएका बुटवल उप–महानगरपालिका वडा नं. १७ का दिपेन्द्र भण्डारी, तिलोत्तमा नगरपालिका वडा नं. १० का मन्नु थारु , सुनवल ७ का जित बहादुर कुँवर तिलोत्तमा नगरपालिका वडा नं. १० का आशिस चौधरी पक्राउ परेका छन भने कर्तव्य ज्यानमा बुटवल उप–महानगरपालिका वडा नं. ४ नर बहादुर दमइ, बुटवल उप–महा नगरपालिका वडा नं. ४ का राम बहादुर बि.क., बुटवल उप–महानगरपालिका वडा नं. ४ का गित्न तुलाधर , सोही स्थानका टेक बहादुर बि.क. पक्राउ गरेको हो ।
पक्राउ परेका ८ जनालाई जिल्ला अदालत रुपन्देहीमा कैद तथा जरिवान भुक्तानका लागी पेश गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित मिति: २०२५-०२-१९ , समय : १०:३३:५३ , २ महिना अगाडि