रुपन्देहीमा चरेस र गाँजा सहित सात जना पक्राउ

रुपन्देही खबर , ३२२  पटक हेरिएको

भैरहवा, फागुन ३

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले २०.०७९ किलोग्राम चरेस, २१ किलोग्राम गाँजा सहित ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ्ग गजुरी गाउँपालिका वडा नम्बर ८ बस्ने वर्ष ३३ को दिपक तामाङ, सोहि स्थान बस्ने ३६ बर्षिय सुन बहादुर तामाङ, ३१ बर्षिय नक्कल बहादुर तामाङ, ४१ बर्षिय प्रेमलाल तामाङ , सिद्धार्थनगर ४ आदर्शनगरका २५ बर्षिय जिबन मल्लाह, तिलोत्तमा नगरपालिका वडा नं.१४ का २३ बर्षिय दिलिप केवट, स्याङ्जा गल्याङ्ग नगरपालिका वडा नं.१ का बर्ष ३८ जिवनाथ पाण्डे रहेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार फागुन २ गते सिद्धार्थनगर नगरपालिका वडा नंम्बर ४, सिनपा वडा नंम्बर ८ र तिलोत्तमा नगरपालिका वडा नं. १५ मा लागु औषध कारोबार हुँदै छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले २०.०७९ किलोग्राम चरेस, २१ किलोग्राम गाँजा सहित ७ जनालाई पक्राउ गरेको हो । लागु औषध कारोवारमा संलग्न उनीहरु बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी निरीक्षक महेन्द्र सेनले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०२-१५ , समय : १८:२८:०७ , ४ हप्ता अगाडि