रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड

घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीको भनाइ

उर्मिला यादव , ३८८  पटक हेरिएको

भैरहवा, फागुन २

रुपन्देहीको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादव चढ्ने गाडीमा तोडफोड गरिएको छ । अज्ञात व्यक्तिले बिहीबार राती करिब ११ बजे गाडीमा तोडफोड गरेको इलाका प्रहरी कार्यालय धकधईका प्रमुख एवम प्रहरी निरीक्षक श्याम प्रसाद यादवले जानकारी दिनु भएको छ । रोहिणी–३ लक्ष्मीनगर स्थित अध्यक्ष यादवको निवासमा कम्पाउण्डभित्र पार्किङ गरी राखिएको लु १ झ ३९५ नम्बरको महेन्द्र स्र्कापियो गाडीमा तोडफोड गरिएको हो ।

गाडीमा ढुंगा प्रहारबाट गाडी अगाडिको सिसा र दायाँ साईडको सिसा फुटेको प्रहरीले जनाएको छ । गाडीबाट ढुंगा बरामद भएको र घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय धकधईका प्रहरी निरीक्षक यादवले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२५-०२-१४ , समय : १०:३१:०३ , ४ हप्ता अगाडि