यदुवंशी युवा समाज भैरहवाद्धारा लुम्बिनीमा मिनी म्याराथन प्रतियोगिता

उर्मिला यादव यात्री , ५५२  पटक हेरिएको

भैरहवा, माघ २७

सबैको सहभागिता हाम्रो प्रयास, स्वस्थ जिवन सुन्दर समाज भन्ने मुल नाराका साथ यदुवंशी युवा समाज भैरहवा रुपन्देहीले मिनी म्याराथन प्रतियोगिता सम्पन्न गरेको छ । शनिवार लुम्बिनी ६ शिवगढिया चोक देखी मंगलपुर चोक सम्म भएको मिनि म्याराथन प्रतियोगितामा उमेश बरई प्रथम, मनोज केवट द्धितिय, आकाश पुन तृतीय र सचिन कुर्मी सान्त्वना स्थान हासिल गर्नू भएको छ ।

प्रतियोगितामा प्रथमलाई दश हजार एक सय रुपैया, द्धितियलाई ५ हजार एक सय रुपैया, तृतीयलाई तीन हजार एक सय रुपैया र सान्त्वनालाई एक हजार एक सय रुपैया, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

समापन कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिवक्ता शेषमन यादवले यदुवंशी युवा समाजले समाजमा उदाहरणीय कार्य गर्दै आएको बताउनु भएको छ । उहाले समाजले गरिब, बिपन्न, पिछडिएका बर्ग सबैलाई समेटेर उनीहरुको उत्थानका लागी आर्थिक,सामाजिक तथा राजनितिक तर्फबाट सहयोग गर्दै आएको उल्लेख गर्नु भयो ।

उहाले जहा दुख छ त्यहा यदुवंशी समाज छ भन्ने उदेश्यका साथ यदुवंशी युवा समाजले काम गर्दै आएकोले आगामी दिनमा पनि युवाहरुलाई जोडदै नया नया रचनात्मक कार्यक्रहरु मार्फत अगाडी बढाउन आग्रह गर्नु भएको छ । उहाले यस संस्थाले एउटा जातिकोे मात्र नभइ सम्पुर्ण जातजातिलाई समेटदै आएकोले युवा लक्षित कार्यक्रम मार्फत युवाहरुलाई अभिप्रेरित गर्दै आएको यस संस्थाले समाज र राष्टलाई अगाडी बढाउन सक्रिय भुमिका निर्वाह गर्दै आएकोले यो समाजको लागी महत्वपुर्ण बिषय भएको जोड दिनु भयो ।

उहाले प्रतियोगितामा बिजेता भएका युवाहरुलाई आफनो प्रतिभालाई निरन्तरता दिदै राष्टिय तथा अन्तराष्टिय जगतमा खेलकुदको माध्यमबाट आफुलाई चिनाउन आग्रह गर्नू भएको छ ।

कार्यक्रममा यदुवंशी युवा समाज भैरहवा रुपन्देहीका अध्यक्ष डा. रणधिर यादवले पछिल्लो समय युवाहरु बिकृतिमा फस्दै गएकोले उनीहरुलाई प्रेरणा प्रदान गर्न र समाजमा भएका बिकृती बिसंगतीदेखी बाहिर ल्याउन मिनि म्याराथन प्रतियोगिता आयोजना गरेको बताउनु भएको छ । उहाले समाजमा पछाडि परेका वर्ग, समुदायलाई अगाडी ल्याउन उनीहरुको हितमा काम गर्नका लागी यदुवंशी युवा समाजको स्थापना गरेको जानकारी दिनु भयो ।

डा. यादवले यो संस्था एउटा जाति बिशेषको नभइ सबैको भएकोले आगामी दिनमा संगठन  बिस्तारलाई प्राथमिकताका साथ अगाडी बढाउने र बिभिन्न योजनाहरुका साथ शिक्षा क्षेत्रमा गुणस्तरीयता ल्याउन बिद्यालय र बिद्यार्थीबिचको समन्वयकारी भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी खुदाबागर आर्दश कलेजका क्याम्पस प्रमुख रामबली यादवले यदुवंशी युवा समाजले एतिहासिक ठाउमा ऐतिहासिक कार्यक्रम आयोजजना गरेको बताउनु भएको छ । उहाले युवाहरुलाई खेलकुदको माध्यमबाट जोडदै यस संस्थाले समाजमा उदाहरणीय कार्य गर्दै आएको बताउनु भयो । उहाले खेलकुद कार्यक्रम राष्टिय तथा अन्तराष्टिय स्तरमा चिनाउने प्रमुख माध्यम भएकोले स्थानिय सरकारले गर्न नसकेको काम यदुवंशी युवा समाजले गरेको बताउनु भयो । उहाले स्वस्थ जिवनका लागी दौड एकदमै आवश्यक भएकोले यस्ता दौड प्रतियोगिता युवाका लागी आवश्यक भएको जोड दिनु भयो ।


उहाले यस संस्थाले यस्तै समाजमा धेरै उदाहरणीय कार्य गर्दै आएकोले अन्य संस्थाले समेत यसको सिको गर्नूपर्ने बताउनु भयो । क्याम्पस प्रमुख यादवले संस्था दर्ता गर्नु मात्र ठुलो कुरा नभइ समयको माग अनुसार यस संस्थाले गर्दै आएको काम समाजकै लागी नमुना भएको उल्लेख गर्नु भयो ।

कार्यक्रममा यदुवंशी युवा समाज भैरहवा रुपन्देहीका सचिव बिजय यादवको स्वागत मन्तब्य रहेको कार्यक्रममा समाजसेवी रामचन्द्र यादव, रामदेव यादव, एभरेष्ट मोर्डन इंगलिस बोडिंग स्कुल मायादेवी ३ का प्रिन्सिपल राजेश यादव ,गोपाल सेवा समिती क्षेत्रिय अध्यक्ष रामवेलास यादव लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन मुनिव यादवले गर्नु भएको थियो ।


कार्यक्रममा समाजसेवी रमाकान्त यादव, गणेश यादव, बिकास यादव, गोपाल सेवा समिती लुम्बिनी नगर अध्यक्ष बिमलेश यादव, गोपाल सेवा समितीका क्षेत्रिय सचिव राम बहादुर यादव, समाजसेवी रामाकान्त यादव, रामधिन यादव लगायत .यस संस्थाका पदाधिकारी, सरोकारवाला निकाय बिभिन्न संस्थाका प्रतिनिधी लगायत बिद्यार्थी , स्थानियहरुको सहभागिता रहेको थियो । कार्यक्रममा यदुवंशी युवा समाजलाई बिभिन्न किसिमका योगदान तथा सहयोगीहरुलाई समेत सम्मानपत्रले सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०२-०९ , समय : १०:४२:४३ , १ महिना अगाडि