रुपन्देही खबर , ३८९ पटक हेरिएको
मर्चवार, माघ १७
रुपन्देहीको इलाका प्रशासन कार्यालय मझगावाँमा चोरी भएको छ । उक्त कार्यालयबाट प्रवाह हुने राष्ट्रिय परिचय पत्र सेवाको कोठा नं. २ को ताला तोडफोड गरि चोरी भएको इलाका प्रशासन कार्यालय मझगावाँका प्रमुख यज्ञराज पोख्रेलले बताउनु भएको छ ।
गएराती अज्ञात ब्यक्तीले ताला तोडेर राष्ट्रिय परिचय पत्र बनाउने ल्यापटप तथा क्यामरा चोरी लगेको कार्यालय प्रमुख पोख्रेलले बताउनु भएको छ । उहाले ‘कार्यालयमा सिसिटीभी क्यामरा नरहेकोले चोरी कसले गरेको हो पहिचान खुल्न नसकेको बताउनु भयो । उहाले बिहान कर्मचारी आएपछि ताला तोडिएको अवस्थामा देख्न साथ सबैलाई खबर गरिएको समेत बताउनु भयो ।
उक्त कार्यालयबाट नागरिकता, राष्ट्रिय परिचय पत्र, मधेशी दलित लगायतका प्रमाणितका सेवाहरु प्रदान हुदै आएको कार्यालय प्रमुख पोख्रेलले जानकारी दिनु भएको छ । इलाका प्रहरी कार्यालय मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यालले चोरी कसरी र किन भएको हो सो घटना बारे आवश्यक जनशक्ति सहित अनुसन्धान गर्न थालिएको प्रहरी निरीक्षक बस्यालले बताउनु भएको छ ।
उहाले इलाका प्रशासन कार्यालय मझगावाँमा सिसिटीभी क्यामरा नभए पनि अन्य कार्यालयमा जडान भएको क्यामराको सहायता सहित विभिन्न प्रविधिको प्रयोग गरी कडा अनुसन्धान गर्न थालिएको बताउनु भयो । उक्त घटनामा एक थान एचपी कम्पनीको ल्यापटप र एक थान क्यानान कम्पनीको क्यामरा चोरी भएको प्रारम्भिक अनुसन्धान बाट खुल्न आएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२५-०१-३० , समय : १७:३१:३२ , १८ घन्टा अगाडि