सिनपा १ पक्लिहवामा अवस्थित श्री पक्लिहवा  मा.वि. मा नवनिर्मित तीन कोठे भवनको उदघाटन

रुपन्देही खबर , ८८  पटक हेरिएको

भैरहवा, माघ १७

रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ पक्लिहवामा अवस्थित श्री पक्लिहवा माध्यमिक विद्यालयको नवनिर्मित तीन कोठे भवनको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ । पक्लिहवा मा.वि. व्यवस्थापन समितिका अध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इस्तियाक अहमद खानको प्रमुख आतिथ्यतामा बुधबार भवन उद्घाटन गरिएको हो ।


कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख खानले शिक्षाको विकाश विना कुनै पनि क्षेत्रको विकास सम्भव नरहेकोले नगर पालिका शिक्षाको विकासमा सदैव सकारात्मक रहेको बताउनु भएको छ । उहाले यस विद्यालयको शैक्षिक मात्र नभई पूर्वाधारको विकासमा पनि आफ्नो सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ ।

कार्यक्रममा अध्यक्ष सुशील गुरुङ्गले विद्यालयको भौतिक पूर्वाधारले मात्र विद्यालयको समग्र मापन नगर्ने भएकोले यसलाई चलायमान बनाउन पनि शैक्षिक गुणस्तर, परिक्षाको परिणाममा सुधार, विद्यार्थीको संख्यामा वृद्धि र अभिभावकहरुको विश्वासलाई जित्ने गरी विद्यालयले आफ्नो क्रियाकलाप केन्द्रीत गर्नुपर्ने बताउनु भएको छ ।


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्त कुमार बस्नेतको स्वागत मन्तब्य रहेको कार्यक्रममा सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष उज्ज्वल पोखरेल, भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष तथा बहिरा बाल विद्यालयका प्रधानाध्यापक भिमबहादुर थापा, शिक्षाप्रेमी तथा समाजसेवी सुरेन्द्र जंग थापा लगायतले बोल्दै शिक्षा क्षेत्रमा रहेका अवसर र चुनौती , विद्यालयको सबल र कमजोर पक्षका बारेमा प्रकाश पार्नु भएको थियो । भने कार्यक्रम संचालन बिद्यालयका शिक्षक देवीप्रसाद न्यौपानले गर्नु भएको थियो ।


कार्यक्रममा बेलहिया मा.वि. व्यवस्थापन समितिका अध्यक्ष देवराज न्यौपाने, समाजसेवी लेखनाथ भट्टराई, याम बहादुर थापा, जनप्रतिनिधि हरिमाया गुरुङ्ग, मिन बहादुर गुरुङ्ग, अनिल कुमार केसी, पुर्व वडाअध्यक्ष रमेश मल्ल, विजयनाथ धवल, सिनपा शिक्षा शाखाका कृष्ण पोखरेल, श्याम खनाल, राम बहादुर गुरुङ्ग, हरिराज विष्ट, केदारनाथ कुर्मी, योगेन्द्रनाथ पाण्डे, राकेश गुरुङ्ग तेजेन्द्र गुरुङ्ग, निर्माण व्यवसायी प्रितम रौनियार लगायतको सहभागिता रहेको थियो ।

बिद्यालयको तीन कोठे भवन सिद्धार्थनगर नगरपालिकाको लगानी तथा आर्थिक सहयोगमा कुल रु.५४ लाख ७२ हजार ४ सय २१ रुपैया को लागतमा निर्माण व्यवसायी प्रितम विल्डर्सले निर्माण कार्य सम्पन्न गरेको थियो ।

 

प्रकाशित मिति: २०२५-०१-३० , समय : १७:१४:०२ , १९ घन्टा अगाडि