पश्चिम् नवलपरासीमा लागूऔषध सहित तिन जना पक्राउ

महेश यादव , १०३२  पटक हेरिएको

सरावल , असार २८

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ बडसारबाट ३ जना लागू औषध सहित पक्राउ परेका छन। ईलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी निरीक्षक सहितकाे प्रहरी टोलीले गोप्य सुचनाको आधारमा
बडसारबाट ३ जनालाई लागू औषध सहित पक्राउ गरेको हो।

सरावल -६ बडसारका पारसनाथ गुप्ताको घरमा प्याकिङ गरिरहेकाे अवस्थामा बरामद गरीएको लागु औषध सोही स्थान बस्ने बर्ष १५ का कृष्ण मोहन सहानी,बर्ष १८ का राजन गुप्ता,वर्ष १७ का प्रलाद कहाँरलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रेम बहादुर शाहीले जानकारी दिनुभएको हाे ।

 

पक्राउ परेकाहरुकाे साथमा बुप्रिनर्फिन १०० एम्पुल, फेनारगन १९७ एम्पुल र डाईजेपाम ८ एम्पुल गरी जम्मा ३०५ एम्पुल लागु औषध र बुप्रिनर्फिनको स्टिकर ९१५ थान सहित पारसनाथ गुप्ताको घरबाट बरामद गरीएको हो । साथै लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको छ ।

प्रकाशित मिति: २०२२-०७-१२ , समय : २१:४०:०९ , २ वर्ष अगाडि