श्री मुक्तेश्वर बचत तथा ऋण सहकारी संस्थाको १६ औ वार्षिक साधारण सम्पन्न

उर्मिला यादव यात्री , ७२  पटक हेरिएको

भैरहवा, माघ २

श्री मुक्तेश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेड सम्मरीमाई ६ डिहुली रुपन्देहीको १६ औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सस्थाका अध्यक्ष रामरतन केवटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै अध्यक्ष केवटले वार्षिक प्रतिवेदन तथा आर्थिक वर्ष २०८१ र ८२ को कार्ययोजना प्रस्तत गर्दै यो वर्ष शेयर वृद्ध ५० हजार गर्ने लक्ष्य रहेको जानकारी दिनु भएको छ ।

उहाले बचत गर्ने लक्ष्य २० लाख सस्था ऋण असुली २० लाख लगानी रु ३० लाख गरी जम्मा रु ७० लाख ५० हजार रुपैयाको कार्ययोजना प्रस्तुत गर्नु भएको थियो । भने नया शेयर सदस्य थप ५० जनालाई थप्ने योजना रहेको बताउनु भयो । उहाले आम्दानी तर्फ प्रवेश शुल्क १० हजार रहेको समेत जानकारी दिनु भएको छ ।

यस्तै गरि संस्थाका ब्यवस्थापक जगन्नाथ केवटले लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको शेयर पूजीं रु ३ लाख १३ हजार ५ सय रुपैया रहेको जानकारी दिनु भएको छ । उहाका अनुसार संस्थामा शेयर संख्या २ सय ४६ रहेको छ जसमा ७३ जना महिला, १ सय ७३ जना पुरुष रहेका छ्न । उहाले २०८१ आषाढ मसान्तमा नगद मौज्दात रु १९ हजार ९ सय ४९ रुपैया ६६ पैसा , बैंक मौज्दात रु ६६ हजार ७ सय ७०रुपैया ४६ पैसा रहेको जानकारी दिनु भएको छ । यस्तै गरि संस्थाको शुद्ध बचत रु ५ हजार ५ सय २६ रुपैया ५१ पैसा रहेको छ ।

यस्तै गरि समाजसेवी भण्डारी यादवले स्थानीय सरकारले मलखादको सहज ब्यवस्थापन नगर्दा किसानले दुख पाएको बताउनु भएको छ । उहाले यहाको स्थानीय सरकारले जनतालाई बेवास्ता गर्दै जोड दिनु भयो । उहाले सम्मरीमाइ गाउपालिकामा रहेको सहकारीलाई समान रुपमा मलखादको सिफारिस नदिएको र सहकारीको बजेट बिनियोजनमा समेत काखापाखा गरेको आरोप लगाउनु भएको छ । समाजसेवी यादवले स्थानीय सरकारको
बजेट कुन , कहाँ ठाँउमा लगानी भयो जनताले खोज्नु पर्ने बताउनु भएको छ । उहाले स्वास्थ्य ,शिक्षा लगायत क्षेत्रमा वडा र पालिकाले वास्ता नगरेको बताउनु भएको छ ।

कार्यक्रममा समाजसेवी केशलाल लोध , संस्थाका कार्यसमिती सचीव कपिलदेव प्रसाद केवट लगायतले शुभकामना मन्तव्य राख्दै यस सहकारीले शेयर सदस्यहरुलाई छिटो छरितो कर्जा उपलब्ध गराउदै आएको र यस सहकारीले शेयर सदस्यहरु बिस्तार गर्दै जाने लक्ष्यका साथ काम गरिहेको बताउनु भएको छ । उहाले संस्थाले सदस्यहरुलाई सहकारी शिक्षा तालिम प्रदान गरी आवश्यक परार्मश दिदै आएको समेत बताउनु भएको थियो ।

कार्यक्रममा संस्थाका कोषाध्यक्ष सन्ध्या मल्लाह, समितिका सदस्य बाबुलाल धोबी, समाजसेवी केशव प्रसाद मुराव, लेखा समिती संयोजक छेदीलाल कोहार , सदस्य बृजलाल पासी लगायत विभिन्न संस्थाका पदाधिकारी , समाजसेवी , लगायत शेयर सदस्यहरुको सहभागीता रहेको थियो भने कार्यक्रम संचालन संस्थाका ब्यवस्थापक जगन्नाथ केवटले गर्नु भएको थियो । भने कार्यक्रममा नियमित बचत कर्तालाई सम्मान समेत गरिएको थियो ।

प्रकाशित मिति: २०२५-०१-१५ , समय : ०९:३२:१३ , ९ घन्टा अगाडि