महेश यादव , ६७३ पटक हेरिएको
सरावल , असार २७
पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मा स्थानिय बासिहरुले सोमबार तालाबन्दी गरेका छ्न । कोरोना प्रभावितको राहत वितरणमा वडाले वास्तविक कोरोना प्रभावित तथा गरिब,अति बिपन्नहरुलाइ बेवास्ता गरि आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको भन्दै वडाको सबै सेवा प्रभावित हुनेगरी तालाबन्दी गरिएको आक्रोशित स्थानियबासिहरुले बताएका छ्न ।
राहत वितरणमा वडाले आफ्ना मान्छेको नाम सिफारिस गरेको र गरिबलाई छोडेर सम्पन्न नागरिकको नाम सिफारिस गरेको र एकै घरको दुइजना सम्मको नाम सिफारिस गरि गाउपालिकामा पठाएको र गरिव नागरिकलाई वास्ता नगरेको भन्दै स्थानीयबासीहरु आक्रोश जनाएका हुन ।
वडाबाट जति पनि नाम सिफारिस गरिएको छ ती सबै नामलाई हेरफेर गरि वास्तविक गरिवलाइ छनौट नगरेसम्म वडामा लगाइएको ताला नखोलिने स्थानियबासिहरुको अडान छ ।
यस विषयमा सरावल वडा नम्बर -२ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्ता सङ्ग बुझ्दा उहाले आफू कार्यवाहकमा आएको दुई दिन मात्र भएको र यस विषयमा आफुलाइ खासै जानकारी नभएको प्रतिक्रिया दिनुभएको छ । सरावल गाउपालिकाको वडा नम्बर दुइमा १ सय ३ जनाको नाम सिफारीस भइ राहत वितरणको लागि पालिकामा नामावलि पठाइएको छ ।
प्रकाशित मिति: २०२२-०७-११ , समय : २१:५०:३४ , २ वर्ष अगाडि