रोहिणी  ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा सुरु

रुपन्देही खबर , ९६  पटक हेरिएको

भैरहवा,  पुस २६

रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ४ मा गाउँ ब्लक जग्गाको नाप नक्सा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच जग्गाको नाप नक्सा सुरु गरिएको रोहिणी–४ का वडाअध्यक्ष तारानाथ यादवले बताउनु भएको छ ।

जग्गा नाप नक्सा (नाप जाँच) को शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले वषौदेखि जग्गाको धनी भएर पनि जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) नपाएका नागरिकले लालपूर्जा पाउनुपर्ने बताउनु भएको छ  । उहाले आफू निर्वाचित भएपछि जनतालाई वाचा गरेअनुसार कामहरु अघि बढाउँदै आएको बताउनु भएको छ  उहाले नापी कार्यालयबाट खटिएको नापी टोलीलाई साथ र सहयोग गर्न स्थानीयबासीलाई आग्रह गर्नु भएको छ ।

अध्यक्ष यादवले भन्नु भयो , ‘गाउँब्लकमा जग्गा रहेका नागरिकहरुको लालपूर्जा नहुनु जटिल समस्याको रुपमा नै छ । यो समस्या क्रमशः समाधान हुँदैछ ।’ उहाका अनुसार २०८१ असोज २० गते रोहिणी गाउँपालिका ३ नम्बर वडा अन्तर्गत रहेका गाउँब्लक जग्गाको जग्गाधनी प्रमाणपूर्जा वितरण गरिएको थियो । उक्त दिन ४ सय ५० वटा लालपूर्जा वितरण गरिएको थियो ।

 

प्रकाशित मिति: २०२५-०१-१० , समय : १०:०३:४५ , १० घन्टा अगाडि