बिपद व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम प्रतापपुरमा सम्पन्न

रामु भुसाल , ८०५  पटक हेरिएको

प्रतापपुर, असार २७

पश्चिम नवलपरासीको प्रतापपुरमा बिपद व्यवस्थापन तथा जलवायु परिवर्तन सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । ईन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट ९ पंचनगरको आयोजना एवंम युनाईटेड मिसन टु नेपाल , अष्ट्रेलियन एड र ट्रन्सफोरम एडको सहकार्यमा सम्पन्न कार्यक्रममा प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले प्रतापपुर गाउपालिका बाढि र डुबानको उच्च जोखिममा रहेको हुदा आफुले पालिकामा विपद व्यवस्थापन सम्बन्धि निर्देशिका नै तैयार गरी कार्ययोजना बनाई विपद जोखिमलाई न्युनिकरण गर्न लागेको बताउनुभएको छ ।

सो अवसरमा उपस्थित कार्यपालिका सदस्य एवंम वार्ड अध्यक्षहरुले विपद जन्य घटना भएपछि राहत लिएर जानु भन्दा पहिले नै जोखिम क्षेत्रहरु पहिचान गरी त्यसको दिगो व्यवस्थापनमा लाग्नुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा विपद जोखिममा नेपालको अवस्था ,विपद जोखिम व्यवस्थापन चक्र ,जलवायु परिवर्तन र त्यस्को असरका बारेमा यु.एम.एन का उत्थानशिल व्यवस्थापन जिविकोपार्जन परियोजनाका व्यवस्थापक रामशरण श्रेष्ठ , यु.एम.एन नवलपरासी स्वास्थ्य परियोजना व्यवस्थापक ईश्वर के.सीले सहजिकरण गर्नुभएको थियो ।

कार्यक्रममा प्रतापपुर गाउपालिकाका कार्यपालिका सदस्य पालिकाका शाखा प्रमुख एवं कर्मचारी यु.एम.एन का विभिन्न परियोजनाका कार्यक्रम संयोजक एवं कर्मचारी ,पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको सञ्चालन ईन्द्रेणी सामाजिक बिकास मञ्चका कार्यकारी निर्देशक बद्रि प्रसाद सुवेदीले गर्नुभएको थियो ।

 

एक तथ्यांक अनुसार नेपाल प्राकृतिक प्रकोपका हिसाबले बिश्वको २३ औ विपद जोखिम उन्मुख देश रहेको छ भने बाढिका हिसाबले ३० औ जोखिम युक्त देश र भुकम्पका हिसाबले ११ औ जोखिमयुक्त देश , जलवायु परिवर्तनका हिसाबले चौथो जोखिमयुक्त देश रहेको हुदा समग्र विपदका हिसाबले नेपाल बिश्वकै २० औ जोखिमयुक्त देश रहेको छ भने काठमाण्डौ बिश्वका २१ औ संकटासन्न उन्मुख शहरमा पर्छ ।

प्रकाशित मिति: २०२२-०७-११ , समय : २१:३१:२१ , २ वर्ष अगाडि