रुपन्देही खबर , १५२ पटक हेरिएको

भैरहवा, पुस १७
रुपन्देहीको कन्चन गाउँपालिका वडा न १ मा युवाहरुको लागि २ दिने उद्घोषण र नेतृत्व बिकास तालिम मंगलबार देखि सुरु भएको छ
कार्यक्रममा प्रमुख अतिथि कन्चन गाउँपालिका उपाध्यक्ष मौशमी थापा मगरले उद्घोषण तालिम र नेतृत्व बिकास तालिम घरपरिवार देखि समाज नेतृत्व गर्न अति आवश्यक रहेको बताउदै वडा कार्यलयले आफ्नै वडागत बजेटमा बजेट ब्यबस्थापन गरेर महत्त्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिदै सिकेका कुरा ब्यवहारमा लागू गरी समाज रुपान्तरणमा लाग्न अनुरोध गर्नु भएको छ ।
कार्यक्रममा वडा अध्यक्ष हरिनारायण थारुले वडा न १ भित्र हरेक टोलमा टोल सचीव र आमा समुहको सचिव र अन्यलाई समेटेको बताउदै उद्घोषण तालिम र नेतृत्व सम्बन्धि तालिम स्थानीयको माग बमोजिम वडाले आवश्यक बजेट ब्यबस्थापन गरेर आयोजना गरेको र सिक्न आउनु भएकालाई नजानेको कुरा ढुक्कसंग प्रशिक्षकलाई सोधी तालीम उपलब्धि मुलुक बनाउनु पर्नेमा जोड दिनु भयो।
यस्तै नेपाल बिकास केन्द्रका अध्यक्ष माधव सापकोटाले आफुहरुले दैनिक जिवनमा आवश्यक पर्ने कुरालाई बढी प्राथमिकता दिने बताउदै समाजको रूपान्तरण युवाहरुमा सकारात्मक सोंच सहितको नेतृत्व आवश्यक रहेकोले मानसिक रूपमा सक्षम बनाउन एवं एक यूवा सुधारकको रूपमा सामाजिक कार्यमा सकृयता प्रदर्शित गर्न तालिममा जोड दिइने भएकाले सिकेका कुरा व्यबहार ल्याउनु नै तालिमको उपलब्धि हुने बताउनु भएको थियो ।
कार्यक्रममा वडा सदस्य रेखा रहाडिले स्वागत मन्तव्य राख्दै
स्थानीयको माग अनुसार आफुहरु अगाडि बढ्ने बताउनु भएको छ । भने कार्यक्रमको सन्चालन वडा सचीव मधुकला घर्तीले गर्नु भएको थियोे ।
कार्यक्रम २५ जनाको सहभागीता रहेको छ । तालिमको संयोजन समा ग्रुप अफ कम्पनीका व्यवस्थापक एवं नेपाल विकास केन्द्रका सदस्य सरस्वती आचार्यले गर्नु भएको छ । तालिम वडा न १ को सभाहलमा १६,१७ गते दुईदिन सन्चालन हुने बताईएको छ ।
प्रकाशित मिति: २०२५-०१-०१ , समय : १३:२०:०८ , ४ महिना अगाडि