रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइयो

रुपन्देही खबर , १६५  पटक हेरिएको

भैरहवा, पुस १३

रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन । शुक्रबार रोहिणी–४ स्थित कोटहवामा डोजर लगाएर घरटहरा हटाइएको हो । यसअघि नै सातदिने सूचना जारी गरिएको तर, सूचना जारी गर्दा पनि खाली नगरिएपछि घरटहरा हटाउन डोजर चलाउनुपरेको रोहिणी गाउँपालिकाका अध्यक्ष विद्या प्रसाद यादवले बताउनु भएको छ । सडक निर्माण कार्यमा सहयोग गर्नका लागि गत मंसिर २८ गते गाउँपालिकाले सूचना जारी गरेको अध्यक्ष यादवले जानकारी दिए । शुक्रबार २०–२५ वटा घरटहरा भत्काइएको उहाले बताउनु भएको छ ।

उहाका अनुसार आर्थिक वर्ष २०८१र०८२ अन्तर्गत कोटहवा गाउँमा कालोपत्रे सडक निर्माण कार्यमा अवरोध गर्ने घर, टहरा खाली गर्न गाउँपालिकाकाले सूचना जारी गरेको र खाली नगरिएपछि डोजर चलाइएको हो । ‘गाउँपालिकाबासीहरुको आम भेलामा सर्वसहमतिबाट निर्णय भएअनुसार ७ दिनभित्र खाली गरीरगराई बाटो निर्माण कार्यमा सहयोग गर्न र गराउन सूचना जारी गरिएको थियो उहाले बताउनु भएको छ । जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको उपस्थितिमा डोजर लगाएर घरटहरा भत्काइएको हो ।

प्रकाशित मिति: २०२४-१२-२८ , समय : १७:४७:२८ , ४ दिन अगाडि