गैडहवा गाउपालिका वडा नम्बर ९ द्धारा मुढा बुन्ने तालिम

रुपन्देही खबर , १४०  पटक हेरिएको

भैरहवा, पुस ९

रुपन्देहीको गैडहवा गाउँपालिका वडा नम्बर ९ को आयोजनामा मुढा बुन्ने तालिम सम्पन्न भएको छ । वडा अध्यक्ष मिना क्षेत्रीको अध्यक्षतामा भएको तालिमको उदघाटन गर्दै क्षेत्रीले महिलाहरूलाई सामाजिक आर्थिक र राजनीतिक रूपमा सशक्तिकरण गर्न उनीहरूलाई सिप सिकाउनु आवश्यक भएको बताउनु भएको छ । उहाले आफु एकमात्र महिला अध्यक्ष रहेकोले वडा नम्बर ९ मा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागी बिभिन्न किसीमका योजनाहरु ल्याएर काम गरिरहेको बताउनु भएको छ । उहाले महिलाहरु आर्थिक रुपमा बलियो भए मात्र समाजमा महिलालाई हेर्ने दृष्टिकोण फरक हुने बताउनु भएको छ । उहाले महिलाहरुको सशक्तिकरणमा केन्द्रित रहेर वडा नम्बर ९ ले बिभिन्न किसिमका तालिमहरु आयोजना गर्दै आएको उल्लेख गर्नु भयो ।


कार्यक्रममा गैडहवा गाउँपालिकाका शिक्षा तथा सामाजिक शाखा प्रमुख माधवराज पौडेलले सामाजिक सशक्तिकरणको प्रथम बिन्दु महिलाहरूको सशक्तिकरण भएको बताउदै यसका लागि महिलाहरू सिपयुक्त हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा पिपुल्स केयर कन्सल्टेन्सीका संचालक सरस्वती आचार्यले महिलाहरू सिप सहित अगाडि बढ्दा घर परिवार र समाज नै समृद्ध हुने बताउनुभएको छ ।
कार्यक्रममा समा ग्रुप अफ कम्पनी एवं पिपुल्स केयर कन्सल्टेन्सीका प्रमुख माधव सापकोटाले महिलाहरू सामाजिक आर्थिक र राजनीतिक रुपमा सशक्त हुन सिपयुक्त हुनुपर्ने र आयआर्जन एवं आत्मनिर्भरका लागि जागरुक बन्दा घरेलु हिंसा महिला हिंसा र लैङ्गिक हिंसाको दरमा पनि न्यूनीकरण हुने जोड दिनु भएको थियो । गैडहवा गाउँपालिका वडा नम्बर ९ को कार्यालय रूपन्देहीको आयोजना तथा पिपुल्स केयर कन्सल्टेन्सीको सहजीकरणमा सम्पन्न भएको सात दिने मुढा बुन्ने तालिममा आज तीस जना महिलाहरूको सहभागीता रहेको थियो ।

प्रकाशित मिति: २०२४-१२-२४ , समय : १७:२७:१२ , ३ दिन अगाडि