सरावलमा महाविद्यालय स्थापनार्थ अन्तरक्रिया कार्यक्रम सम्पन्न

महेश यादव , ७१८  पटक हेरिएको

सरावल, असार २५

सरावल गाउँपालिका वडा नम्बर ३ भिमटाडीमा माहाविद्यालय स्थापनार्थ अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पश्चिम नवलपरासीको सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको अन्तरक्रिया कार्यक्रम बाेल्दै चाैधरीले महाविद्यालयकाे स्थापनाले समग्र सरावल गाउँपालिकाकाे गौरव बढाउनुका साथै एक नयाँ पहिचान दिलाउने बताउनुभएको छ ।


साथै शैक्षिक क्षेत्र संग प्रत्यक्ष रुपमा जोडिएकोले महाविद्यालय स्थापनार्थका लागि गाउँपालिका बाट पनि समेत सहयोग गर्ने बताउनुभएको थियो । उहाले यस स्थापनार्थकाे पहलमा लाग्ने डा.शिवशंकर बस्याल सहितको सम्पूर्ण टाेलिलाई धन्यवाद समेत दिनुभएको थियो ।

डा.शिवशंकर बस्यालकाे अध्यक्षता सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ३ वडा अध्यक्ष फिरंगी चाैधरी ,कार्यपालिका सदस्य श्रीनिवास ठाकुर , वडा नम्बर ४ वडा सचिव अशाेक पाण्डेय ,शैक्षिक ब्यक्तित्ब भाेला प्रसाद चाैधरी , शुसान्त शर्मा घिमिरे , बिनाेद पाण्डेय , इन्द्र चाैधरी , जाहिद खान , देवराज चाैधरी , शिव चाैधरी , उमेश चाैधरी , सन्जय चाैधरी, बासमति चाैधरी ,पत्रकार उमेश बि.क लगायतले पालिकामा माहाविद्यालय स्थापना हुनु शैक्षिक क्षेत्रकाे ठुलो उपलब्धि हुने बताएका छन् ।

यम कुमारी चापागाईंकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा जनप्रतिनिधि ,प्रधानाध्यापक शिक्षाप्रेमी, बुद्धिजीवी समाजसेवी ,पत्रकारहरु लगायतको सहभागीता रहेकोे थियोे । कार्यक्रम सञ्चालन दुर्गा पाण्डेयले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२२-०७-०९ , समय : २२:१२:५१ , २ वर्ष अगाडि