रुपन्देही खबर , २६३ पटक हेरिएको
भैरहवा, पुस ५
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भैरहवाबाट १३ लाख २६ हजार ,६ सय रुपैया मुल्य बरावरको भन्सार छलीका बिभिन्न अबैध सामान प नियन्त्रणमा लिएको जनाएको छ । वडा प्रहरी कार्यालय भैरहवाबाट खटिएको प्रहरी टोलीले बिहिवार सिद्धार्थनगर नगरपालिका वडा नम्बर ८ बुद्धचोकमा चेकजाच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी/पैठारी गरेको अवस्थामा बिभिन्न किसिमका मोबाईलका डिस्प्लेहरु १ हजार २ सय पिस, सुट ४१ पिस, बेल्ट ४२ पिस ,सुईटर २३ पिस, लगायत किराना सामानहरु बरामद गरेको हो ।
बरामद गरिएको अबैध सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
प्रकाशित मिति: २०२४-१२-२० , समय : १०:१४:५७ , २ दिन अगाडि