पत्रकार महासंघ नवलपरासीको अध्यक्षमा तीन जनाको उम्मेदवारी दर्ता

मेघराज गौतम , ९५  पटक हेरिएको

परासी ,मंसिर २६

नेपाल पत्रकार महासंघ नवलपरासीको आसन्न निर्वाचनका लागि बुधवार उम्मेदवारको मनोनय दर्ता भएको छ । अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेस निकट नेपाल प्रेस युनियन र नेकपा एमाले निकट प्रेस चौतारी नेपालले केन्द्र, प्रदेश र जिल्लामा तालमेल गरी निर्वाचनमा जाने भनेपनि प्रेस चौतारी नेपालबाट २ जनाले उम्मेदवारी दिएका छन् । सहमति अनुसार नवलपरासी जिल्लामा प्रेस युनियनले नेतृत्व गर्ने बताइएको थियो ।

अध्यक्षमा नेपाल प्रेस युनियनबाट पत्रकार पुरुपोत्तम सुवेदीले उम्मेदवारी दर्ता गर्नु भएको छ । सुवेदी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत रहनु भएको छ । यस्तै प्रेस चौतारीबाट पत्रकार केशव पराजुली र कुस्माखर ढकालले उम्मेदवारी दर्ता गराउनु भएको छ । पराजुली पत्रकार महासंघ नवलपरासीका पूर्व सभापति समेत हुनुहुन्छ भने ढकाल प्रेस चौतारी नेपालका सल्लाहाकार हुनु हुन्छ ।

यस्तै महासंघको अन्य पदाधिकारीमा पनि २।२ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्ष खुल्ला तर्फ प्रेस चौतारीका विकास अधिकारी र प्रेस युनियनका प्रकाश न्यौपानेले उम्मेदवारी दिनु भएको छ । उपाध्यक्ष (महिला)मा विष्णु खनाल र उर्मिला यादव, महासंघको सचिवमा मोहन पौडेल र अनिल यादव, सहसचिव(खुल्ला)मा इन्द्रकुमार रेग्मी र प्रदिप पाठक, सहसचिव (समावेशी)मा गौरीशंकर जयसवाल र सद्दाम हुसैन अन्सारीको उम्मेदवारी परेको छ । यस्तै महासंघको कोषाध्यक्षमा भने श्याम बुचा मगरको एकल उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

यस्तै महासंघको ८ सदस्यमा ११ जनाको उम्मेदवारी परेको छ । जसमा सदस्य (खुल्ला) तर्फ पत्रकार रामु भुषाल, संजिव कोइराला, पप्पु रेग्मी, दीपक खनाल, मुक्तिनाथ तिवारी, रेनुका चौधरीले उम्मेदवारी दिनु भएको हो । यस्तै सदस्य(दलित)मा उमेश कुमार वि.क, सदस्य(जनजाती)मा राज चौधरी, सदस्य (महिला)मा गिता भट्टराई, राष्ट्रिय परिषद सदस्यमा निवर्तमान अध्यक्ष हरि शर्मा र प्रदेश परिषद सदस्यमा महासंघका पूर्व सभापती टिकाराम गैरेले उम्मेदवारी दिनु भएको निर्वाचन संयोजक ताराचन्द्र बर्माले जानकारी दिनुभएको छ ।।निर्वाचन समितिका अनुसार उम्मेदवारले आफ्नो उम्मेदवारी र्फिता लिन विहिवार २ बजे सम्मको समय निर्धाण गरिएको छ भने, मतदान २८ गते शुक्रवार हुँदैछ ।

प्रकाशित मिति: २०२४-१२-११ , समय : २१:५०:१२ , ७ दिन अगाडि