महेश यादव , १२८ पटक हेरिएको
सरावल, मंसिर २२
नवलपरासी पश्चिम जिल्लाको सरावल गाउँपालिकामा “पोषण मार्फत जीवन रुपान्तरण” कार्यक्रम सम्पन्न भएको छ। एकीकृत हातेमालो समाज नेपाल (सियान)काे आयाेजना र आई डि ई काे सहयोगमा पोषण कार्यक्रम परियोजना अन्तर्गत पर्ने “पोषण मार्फत जीवन रुपान्तरण” भन्ने विषयमा सरावल गाउँपालिका वडा नम्बर-३ सरावल टाेलमा बच्चाहरूकाे लागि मिठो/पाेषिलाे खाना बनाउने प्रदर्शनी शनिबार सम्पन्न भएको छ ।
जिल्लाको पाल्हिनन्दन गाउँपालिका,सरावल गाउँपालिका, प्रतापपुर गाउँपालिका र सुस्ता गाउँपालिका गरि ४ वटा गाउँपालिकामा पाेषण मार्फत जीवन रुपान्तरण कार्यक्रम अन्तर्गत बच्चाहरुकाे लागि मिठाे/पाेषिलाे खाना बनाउने प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो।
जस अन्तर्गत सरावलमा बच्चाहरुकाे लागि मिठाे/पाेषिलाे खाना बनाउने प्रदर्शनी कार्यक्रममा घरकाे बगैंचा,साबुनपानीले मिचीमिचि हात धुनु र पानी शुद्धीकरण गर्ने विधिहरु लगाएतकाे विषयमा गर्वभवति महिला र बालबालिकाहरु विच छलफल गरिएको छ।
छलफल कार्यक्रममा बच्चाहरुकाे खानका लागि चामल, दाल,अण्डा,गाजर,घिउ,नुन तथा हरियाे सागपात मिलाएर पाेषिलाे जाउलाे बनाउने तरिका समेत सिकाईएकाे सियानका सिनियर फिल्ड प्राेग्राम सुपरभाइजर अचुत राज खनालले बताउनु भएको छ ।
पोषिलो जाउलो बनाउने तरिका सिकाउने काम आजदेखि यो महिना भरि चार वटै पालिकामा चलि रहनेछ।याे पाेषण मार्फत जीवन रुपान्तरण कार्यक्रम सरावल गाउँपालिकाकाे वडा नम्बर-३ र ४,प्रतापुरकाे वडा नम्बर-५ र ६,सुस्ताकाे वडा नम्बर-१ र ४ तथा पाल्हिनन्दनकाे वडा नम्बर- ३र ४ मा संचालन रहेको सियानका फिल्ड प्राेग्राम सुपरभाइजर केदार घिमिरेले जानकारी दिनुभयो।
गर्वभवति महिला र बालबालिका गरि ६२ जनाकाे सहभागीता रहेको कार्यक्रममा सियानका फिल्ड प्राेग्राम सुपरभाइजर रामाशंकर पाण्डेय र पत्रकार महेश यादवकाे सहभागीता रहेको थियो।
प्रकाशित मिति: २०२४-१२-०७ , समय : १९:२४:१३ , ३ हप्ता अगाडि