रुपन्देही खबर , ८७ पटक हेरिएको
लुम्बिनी, मंसिर १९
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ मा ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको छ । वडा नम्बर १३ का वडाध्यक्ष सईद मुहम्मद खाँको अध्यक्षता तथा नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत तारा ज्ञवालीको प्रमुख आतिथ्यतामा ग्याँस सिलिण्डर र चुलो वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाअध्यक्ष खाँले वडाका महिलाहरुलाई धुलो धुवाँले आँखाको रोगहरु लाग्ने गरेकोले त्यसलाई मध्यनजर गरी महिलाहरुलाई धुवावाट बच्नका लागि ग्यास सिलिण्डर र चुलो सेट वितरण गरिएको बताउनु भएको छ । उहाले गत वर्ष दलित र विपन्न वर्गलाई वितरण गरिएको र आगामी बर्षमा यस्ता विभिन्न योजनाहरु वडावासीहरुसमक्ष ल्याउने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरि कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवाली, समन्वय शाखा प्रमुख फणिन्द्र कुमार पाल लगायतले बोल्दै ग्यास सिलिण्डर र चुलो वितरणले सर्वसाधारणलाई लाभ पुगेको बताउनु भएको थियो ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १३ का सचिव लवकुश पुरी , वडासदस्य, कर्मचारी, समाजसेवी लगायतकाे सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-१२-०४ , समय : ०६:५५:३७ , १ दिन अगाडि