सिद्धार्थनगर नगरपालिकाको आयोजनामा बहिरा बाल मा.बि.रुपन्देहीमा चित्रकला प्रतियोगिता

उर्मिला यादव यात्री , ११२  पटक हेरिएको

भैरहवा, मंसिर १८

सिद्धार्थनगर नगरपालिकाले समावेशी तथा दिगो भबिष्यको पुर्वाधार अपाङगता भएका ब्यक्तिहरुको प्रबल नेतृत्व यसको आधार भन्ने मुल नाराका साथ ३३ औं अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा निजी तथा सामुदायिक बिद्यालयमा अध्ययरत अपाङगता भएका बिद्यार्थीहरु बिच चित्रकला प्रतियोगिता २०८१ सम्पन्न गरेको छ । सिद्धार्थनगर नगरपालिकाका नगरउपप्रमुख उमा अधिकारीको अध्यक्षता तथा नगरप्रमुख इश्तियाक अहमद खांनको प्रमुख आतिथ्यतामा बहिरा बाल मा.बि रुपन्देहीमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै नगर उपप्रमुख उमा अधिकारीले बहिरा बाल मा.बि.का बिद्यार्थीको बिकास, क्षमता अभिबृद्धि लगायत हरेक क्षेत्रमा सिद्धार्थनगरको सधै साथ रहने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले यस बिद्यालयमा रहेका बिद्यार्थीको नेतृत्व बिकास संगै बिद्यार्थीको आर्थिक क्षमता अभिबृद्धि गर्ने खालका कार्यक्रमहरु ल्याउने समेत जानकारी दिनु भएको छ । उहाले बिद्यार्थीहरुलाई अगाडी बढाउनका लागी शिक्षकको महत्वपुर्ण भुमिका रहेकोले बहिरा बाल माबिले राम्रो अभिभावक पाएको उल्लेख गर्नु भयो ।


उहाले बहिरा बाल मा.बि. मा भवन निमार्णका लागी बजेट छुटयाएकोले आगामी आर्थिक बर्षमा नया भवनबाट बिद्यार्थीहरु अध्ययन गर्न पाउने बताउनु भएको छ । उहाले बिद्यालयको सम्पुर्ण बिकासमा नगर सकरात्मक रहेकोले निरन्तर सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको छ । उहाले बिद्यालयमा अध्ययनरत छात्राहरुलाई सिलाइकटाइमा रुचि भएमा सो तालिमको नगरले ब्यवस्थापन गरी सीपमुलक तालिममा सहभागी गराई आर्थिक उपार्जनमा सहयोग गर्ने समेत बताउनु भएको छ । उहाले बिद्यार्थीहरुको लागी चित्रकला तालिम लगायत अन्य तालिमहरु प्रदान गरी बिद्यार्थीको क्षमता अभिबृद्धि गर्न तर्फ नगरपालिका प्रतिबद्ध रहेको बताउनु भएको छ ।


यस्तै गरी कार्यक्रममा बहिरा बाल मा.बि रुपन्देहीका बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष खगराज पाण्डेले बोल्दै सिद्धार्थनगर नगरपालिका ले आयोजना गरेको चित्रकला प्रतियोगिता बहिरा बिद्यार्थीहरुका लागी एकदमै महत्वपुर्ण बिषय भएको बताउनु भएको छ। उहाले सिद्धार्थनगर नगरपालिकाले बहिरा बिद्यार्थीहरुको क्षमता अभिबृद्धिका लागी निरन्तर रुपमा सहयोग गर्दै आएकोले आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरेको बताउनु भएको छ । बहिरा बिद्यार्थीहरुले बाहिर देखेर मात्र बुझन सक्ने हुदा बहिरा बिद्यार्थीहरुको बिकास नै सबैको चासोको बिषय भएकोले सबैको सहयोग आवश्यक भएको उल्लेख गर्नु भयो । उहाले बहिरा बिद्यार्थीका लागी सरकारले चासो देखाए पनि त्यो पर्याप्त नभएको बताउनु भएको छ ।


सिद्धार्थनगर नगरपालिकाले ३३ औं अन्तराष्ट्रिय अपाङगता दिवसको अवसरमा आयोजना गरेको निजी तथा सामुदायिक बिद्यालयमा अध्ययरत अपाङगता भएका बिद्यार्थीहरु बिच चित्रकला प्रतियोगितामा कक्षा १० का रोशन रेग्मी प्रथम, कक्षा १० का प्रकाश गुरुङ द्धितीय, कक्षा ५की बिद्यार्थी बुधनी कुमाल तृतीय हुनु भएको थियो भने कक्षा ३ का बिद्यार्थी इथन बुढाथोकी प्रोत्साहन स्थान हासिल गर्नु भएको थियो । प्रतियोगिता मा बिजयी भएका बिद्यार्थीहरुलाई कापी ,कलम , झोला, लगायत शैक्षिक सामाग्री प्रदान गरीएको थियो ।

४० जना बिद्यार्थीहरु बिच भएको चित्रकला प्रतियोगिताको निर्णायक मण्डलमा नेपाल कर्मशसियल आर्टिस संघका रबि घिमिरे रहनु भएको थियो । सिद्धार्थनगर नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कौशल्या चौधरीले संचालन गर्नु भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका उपसचिव तथा शिक्षा शाखा प्रमुख चेतनशील लम्साल, शिक्षा अधिकृत जान्हवी पाण्डे, सामाजिक बिकास शाखा प्रमुख लक्ष्मण गिरी, बहिरा बाल मा.बि ब्यवस्थापन समितीका अध्यक्ष खगराज पाण्डे, बिद्यालयका प्राचार्य भिम बहादुर थापा, बिद्यालयका सहायक प्रधानाध्यापक बिष्णु प्रसाद ढकाल, बिद्यालयका शिक्षक बिरेन्द्र प्रसाद भण्डारी, राष्ट्रिय बहिरा महासंघका प्रतिनिधी, सिद्धार्थनगर नगरपालिकाका कर्मचारी जोत्सना हरिजन, बिद्यालयका शिक्षक , बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-१२-०३ , समय : २०:४४:३९ , १ दिन अगाडि