पश्चिम् नवलपरासीको सरावलमा रक्तदान कार्यक्रम सम्पन्न

महेश यादव , २९५  पटक हेरिएको

परासी, असार १९

पश्चिम नवलपरासीको सरावलमा संकल्प प्रतिष्ठान सरावल २ काे आयाेजना तथा सरावल गाउँपालिकाकाे सहकार्य र नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा नवलपरासीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष सुशान्त शर्मा घिमिरेकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख अतिथतामा सम्पन्न भएको कार्यक्रममा बाेल्दै चाैधरीले आज अरुको लागि भाेलि आफ्नाे लागि ” रक्तदान जीवनदान ” भन्ने उद्वेश्यका साथ आयाेजना गरिएको रक्तदान कार्यक्रमले मानव जिवनलाई सुरक्षा गर्ने र एक नयाँ मार्ग दिएको बताउदै सहयोगी र रक्तदाताहरुलाई धन्यवाद समेत दिनुभएको थियो ।

साे अवसरमा अध्यक्ष घिमिरेले कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उद्वेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रममा पालिका उपाध्यक्ष बासमति हरिजन , प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ज्ञवाली , जिल्ला रक्त सन्चार सेवा नवलपरासीको संयाेजक सुरज के.सि लगायतकाे सहभागीता रहेको थियोे भने कार्यक्रममा ३३ जनाले रक्तदान गरेकाे थिए ।

प्रकाशित मिति: २०२२-०७-०३ , समय : २२:०३:५१ , २ वर्ष अगाडि