श्री पक्लिहवा मा.वि.व्यवस्थापन समितिको अध्यक्षमा पुन : सुशील गुरुङ्ग

रुपन्देही खबर , ११०  पटक हेरिएको

भैरहवा, मंसिर १७

श्री पक्लिहवा माध्यमिक विद्यालय, सिद्धार्थनगर १ पक्लिहवाको व्यवस्थापन समितिको अध्यक्षमा दोस्रो कार्यकालका लागि युवा समाजसेवी सुशील गुरुङ्ग निर्विरोध निर्वाचित हुनु भएको छ । त्यसै गरी व्यवस्थापन समितिको सदस्यहरुमा किशन तामाङ्ग, छेडी मुराव, आस्मा खातुन, संगीता हरिजन, मिन कुमारी गुरुङ्ग र शिक्षक प्रतिनिधिमा देवी प्रसाद न्यौपाने चयन भएको विद्यालयका प्राचार्य बसन्त कुमार बस्नेतले जानकारी दिनु भएको छ ।

वि.सं. २०१५ साल चैत २० गते तत्कालिन समयमा विट्रिश सरकारको सहयोगमा स्थापना भएको यो विद्यालय यस नगरकै पुरानो विद्यालयको रुपमा रहेकाले व्यवस्थापन समितिले पहिलो कार्यकालमा विद्यालयको पूर्वाधार विकासमा ध्यान दिएको नवनिर्वाचित अध्यक्ष गुरुङ्गले बताउनु भएको छ । उहाले आगामी कार्यकालमा विशेष गरेर विद्यालयको नतिजामा सुधार, विद्यार्थी संख्यामा वृद्धि, शैक्षिक गुणस्तर र थप शैक्षिक कार्यक्रममा जोड दिने बताउनु भएको छ ।

व्यवस्थापन संकायमा स्नातकोत्तर एम.बी.एस. गर्नु भएको गुरुङ्गले यसअघि पनि शैक्षिक मात्र नभइ विभिन्न सामाजिक तथा राजनैतिक संघ–संस्थाको नेतृत्व कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको छ । स्वतन्त्र विधार्थी यूनियन, भैरहवा बहुमुखी क्याम्पसको पूर्वसभापति, सिद्धार्थ जेसीजका पूर्वअध्यक्ष, नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको पूर्वअध्यक्ष, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगरको पूर्वअध्यक्ष, हाल नेपाल रेडक्रस सोसाइटी, रुपन्देही जिल्ला शाखाको जिल्ला कोषाध्यक्ष, नेपाली कांग्रेस क्षेत्र नम्बर ३, रुपन्देहीको क्षेत्रीय सभापति र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघको केन्द्रिय सदस्यको रुपमा जिम्मेवारीमा हुनुहुन्छ ।

प्रकाशित मिति: २०२४-१२-०२ , समय : १६:५६:०७ , २ दिन अगाडि