काठमाडौँमा तीन दिने डिजिटल राइट्स फेस्टिवल सुरु

रुपन्देही खबर , ९९  पटक हेरिएको

काठमाडौं,मंसिर १७

डिजिटल माध्यमका बहुआयामिक पक्षबारे छलफल गर्न आइतबार देखि काठमाडौँमा तीन दिने `डिजिटल राइट्स फेस्टिवल´सुरु भएको छ।

डिजिटल फ्रिडम कोलिसनको आयोजना र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संयोजनमा भएको फेस्टिवलको उद्घाटन राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर बिष्टले गर्नु भएको छ । उद्घाटन शत्रलाई सम्बोधन गर्दै बिष्टले संविधानले प्रत्याभूत गरेका ब्यक्तिको अधिकारहरुलाई इनटरनेटका माधमबाट कसरी सुरक्षित गर्ने भन्ने विषयमा बहस हुनु पर्ने आवश्यकता औंल्याउनु भयो ।

ब्यक्तिको डाटालाई सुरक्षित राख्दै ईन्टरनेटको प्रयोगलाई व्यापक र ब्यवस्थित बनाइनु पर्ने भन्दै उहाले नियामक निकायले स्वतन्त्रताको हकलाई जोगाउने तर्फ सोच्नु पर्नेमा जोड दिनु भएको छ ।

बिष्टले पछिल्लो समय मिसइन्फर्मेसन र डीसइन्फर्मेसन व्यापक बढेको भन्दै ब्यक्तिको अधिकारलाई सुरक्षित गरेर त्यस्ता कुरालाई कानुनद्वारा रोकथाम गर्न सकिने बताउनु भएको छ ।

नफेस्टिवलमा झन्डै एक दर्जन प्यानल छलफल हुने तय भएको कोलिसनका अध्यक्ष बाबुराम अर्यालले जानकारी दिनु भएको छ ।

फेस्टिभल अन्तर्गत सामाजिक सञ्जाल सम्बन्धी प्रस्तावित कानुनी व्यवस्था, अन्तर्राष्ट्रिय अभ्यास, नेपालको चुनौतीहरू, एआइको अवसर र सम्भावना, इन्टरनेट माध्यममा महिला, बालबालिका र अपाङ्गता भएका ब्यक्ति लगायत विभिन्न समुदायकाको अधिकारका विषयमा छुट्टाछुट्टै छलफल हुने कार्यतालिका छ।

फेस्टिवलका लागि देशभरबाट सहभागीहरू छनोट गरिएको छ भने झन्डै ४० जना विषय विज्ञहरुलाई वक्ताका रुपमा आमन्त्रण गरिएको अध्यक्ष अर्यालले जानकारी दिनु भएको छ । कार्यक्रमका लागि विदेशबाट समेत वक्ताहरु सहभागी छन।

कार्यक्रममा नेपाली कांग्रेसका सांसद तथा पुर्व अर्थराज्यमन्त्री उदयशमशेर राणा प्यानल डीस्कसनमा सहभागी हुनुहुन्थ्यो । प्यानल डीस्कसनको एउटा शत्रमा उहाले फरकफरक कामका लागि इन्टरनेटको प्रयोग व्यापक बन्दै गएको बताउनु भएको छ ।

`तथ्यांकले नेपालको आइटी क्षेत्रको विकासमा उल्लेखनिय आर्थिक कारोबार भएको देखाएको छ, नेपालमा फरकफरक कामका लागि ब्यक्तिले इन्टरनेटको प्रयोग व्यापक रुपमा गरिरहेको पाइएको छ,´ राणाले आफ्ना कुरा राख्दै भन्नु भयो ।

उहाले आगामी निर्वाचनमा सामाजिक संजाल र ईन्टरनेटको प्रयोगबाट हुने प्रचारप्रसार बढ्ने बताउँदै सोसल मिडिया प्लेटफर्म नै बिभाजित बनेर आउने सम्भावना भने रहेको बताउनु भयो ।

सोही प्यानल डीस्कसनमा सहभागी नेकपा एमालेकी सचेतक सुनिता बरालले डीजिटल फ्लेटफर्मको प्रयोगले समस्यासमेत बढाएको पाइएको भन्दै सचेतना बढाउनु पर्ने बताउनु भएको छ ।

`डीजीटल प्लेटफर्ममा आएका सबै सामग्री ठिक छन त?,अहिलेकै अवस्थामा ठिक छैनन, त्यसलाई नियन्त्रणमा राख्न सचेतना बढाउँने नै हो,´ उहाले भन्नू भयो ।

उहाले ईन्टरनेटमो माध्यमबाट चलाइने ब्यक्तिगत संजाल्लाई सामाजिक संजाल भन्ने कि डीजीटल प्लेटफर्म भन्ने भन्ने विषयमा समेत बहस हुनु पर्ने बताउनु भयो । बरालले डीजिटल माध्यमबाट हुने आर्थिक कारोबारमासमेत बेलाबेला प्रश्न उठ्ने गरेको र ब्यवस्थित तरिकाबाट भुक्तानी हुन नसकेकाले डीजीटल भुक्तानीमा गुनासो आइरहेको बताउनु भएको छ ।

अर्का सहभागी वक्ता संचार मन्त्रालयका आइटी सल्लाहकारका रुपमा कार्यरत डा सालिग्राम पराजुलीले देशमा जुनसुकै नीति बनाउदा पनि स्थायित्व हुने गरि बनाइनु पर्ने बताउनु भएको छ । उहाले संचार मन्त्रालयले ईन्टरनेटको माध्यमलाई ब्यवस्थित बनाउने गरेर काम गरिरहेकोसमेत बताउनु भयो ।

अर्का प्यानलिस्ट इन्जिनियर दिपेश बिष्टले नेपालभरमा अहिले डिजिटल रुपमा आर्थिक कारोबार राम्रो भैरहेको भन्दै अब नेपालले डाटा एक्सेस प्लेटफर्ममा काम गर्नु पर्ने आवश्यकता रहेको औंल्याउनु भयो । उहाले ग्लोबल डिजिटल कम्प्याक्टबाट अघि बढ्नु पर्ने भन्दै अरुको डाटा प्रयोग गर्न उनको सहमति लिनै पर्ने ब्यवस्था हुनु पर्नेमा जोड दिनु भएको छ ।

तीन दिनसम्म चल्ने फेस्टिवलमा आइतबार नै अन्य प्यानल डीस्कसनहरुसमेत आयोजना गरिएको थियो। फेस्टिवल अन्तर्गत सोमबार र मंगलबारसमेत विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरुसँग प्यानल डीस्कसन हुनेछ। फेस्टिवलमार्फत डिजिटल माध्यमको प्रयोग र ब्यवस्थापनका सवालमा नयाँ अवधारणा प्रस्तुत गर्ने आयोजक संस्थाले लक्ष्य राखेको छ।

प्रकाशित मिति: २०२४-१२-०२ , समय : ०९:०७:३५ , ३ दिन अगाडि