माओवादी केन्द्र सिद्वार्थनगर सम्मेलनका लागि वडा नम्बर १० मा प्रतिनिधि छनोट भेला सम्पन्न

रुपन्देही खबर , ११०  पटक हेरिएको

भैरहवा, मंसिर १७

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र सिद्वार्थनगर नगरपालिका वडा नम्बर १० को नगर सम्मेलनका लागि प्रतिनिधि छनौट भेला भैरहवामा सम्पन्न भएको छ । माओवादी केन्द्र सिनपा १० का वडा अध्यक्ष रामचन्द्र कोईरीको अध्यक्षता तथा नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य किस्मत बि।क।को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बि।क।ले माओबादीलाई तल्लो तहबाट सगठित गर्दै जनतालाई पार्टीमा गोलबन्द गर्न आवश्यक रहेको बताउनु भएको छ । पुरानो पार्टीहरू भ्रष्टचार बेथितिमा लिप्त भएको र देशलाई समृद्ध बनाउने योजना नभएको कारणले नै जनताले माओबादीलाई रूचाईरहेका बताउनु भएको छ । भेलामा ने क पा माओबादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तिर बहादुर रोक्का डार्बिनले केपि ओली सरकार भ्रष्टाचारीको संरक्षण गर्न बनेको हुदा यो सरकारबाट नेपाली जनताको पक्षमा कुनै काम नहुने जिकिर गर्नु भयो । यस्तै गरी सिनपाका इन्चार्ज फैज अहमद खानले आमनगरिकहरु माओबादी कै कारणले अधिकार प्राप्त गरेको बताउनु भएको छ ।

यस्तै गरी माओवादी केन्द्र सिनपाका अध्यक्ष नारायण हमालले नागरिकता,सुशासन र भ्रस्टाचारको बिषयमा आमनागरिकलाई जानकारी दिदै भ्रस्टाचारीहरुलाई खबरदारी गर्नु पर्ने बताउनु भएको छ । यस्तै गरी नेकपा माओबादी केन्द्र सिनपा का उपाध्यक्ष नेत्री कमला थापाले पार्टीको धारणा र संगठन र महिला अधिकारको बारेमा जानकारी गराउनु भएको थियो । शनिवार भैरहवामा भएको भेलाबाट नगर सम्मेलनका लागि ११ जना प्रतिनिधि चयन गरेको छ ।

नगर सह सचिव दिलीप प्रजापतीले संचालन गर्नु भएको कार्यक्रममा नगर उपाध्यक्ष कमला थापाले स्वागत मन्तब्य राख्नु भएको थियो । भने साथै यही मांसिर २९ गते हुने भनिएको नगर सम्मेलन प्राविधिक कारणले पुस ६ गते हुने नगर सह सचिव दिलीप प्रजापतीले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१२-०२ , समय : ०८:३१:०४ , ३ दिन अगाडि