भैरहवाको मैत्री पथमा आजदेखी गार्डेन अफ ड्रिङस संचालनमा

उर्मिला यादव यात्री , १५२  पटक हेरिएको

भैरहवा, मंसिर १५

रुपन्देहीको सिद्धार्थनगर ५ मैत्री पथमा आजदेखी गार्डेन अफ ड्रिङस संचालनमा आएको छ । भैरहवाका युवा ब्यवसायी रमेश कान्दु र दिपक बनियाको संयुक्त लगानीमा गार्डेन अफ ड्रिङस संचालनमा आएको छ ।


७० लाख रुपैयाको लगानीमा संचालनमा आएको उक्त रेष्टुरेन्टको सिद्धार्थ उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले उद्धघाटन गर्नु भएको छ । उद्धघाटन गर्दै संघका अध्यक्ष श्रेष्ठले गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल सुचारु भैसकेपछि भैरहवामा यस्ता रेष्टुरेन्टहरु आवश्यक भएको बताउनु भएको छ । उहाले सिद्धार्थनगरमा आएका पर्यटकहरुलाई सुबिधा दिनुपर्ने हिसाबले आज देखी सुरु भएको गार्डेन अफ ड्रिङसलाई ब्यवसायिक सफलताको शुभकामना समेत दिनु भएको छ ।


उहाले उद्यमी युवा ब्यवसायीहरुलाई समेत यस्तै ब्यवसायमा लाग्न प्रेरणा दिनु भएको छ । उहाले सिद्धार्थ उद्योग बाणिज्य संघले यसको प्रवद्र्धन तथा प्रोत्साहनमा सधै अग्रणीे भुमिका निर्वाह गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ । यस्तै गरी युवा ब्यवसायी रमेश कान्दुले बोल्दै भैरहवामा नया सोचका साथ गार्डेन अफ ड्रिङस संचालनमा ल्याएको बताउनु भएको छ । उहाले बिभिन्न देशका स्थानिय परिकारहरु भैरहवाका साना साना रेष्टुरेन्टहरुमा नपाइने हुनाले सस्तो र गुणस्तरीय परिकारहरु अन्य ठाउ भन्दा कम मुल्यमा पाइने समेत जानकारी दिनु भएको छ । गार्डेन अफ ड्रिङसमा बिभिन्न देशका खानाका परिकार स्पेशल कफी, जुुस लगायतका ड्रिङसहरु उपलब्ध रहेको समेत बताउनु भएको छ । उहाले आजदेखी संचालनमा आएको उक्त रेष्टुरेन्टबाट बिस्तारै २४ सै घण्टा सेवा प्रदान गर्ने समेत बताउनु भएको छ ।

प्रकाशित मिति: २०२४-११-३० , समय : २३:०६:२६ , ४ दिन अगाडि