शान्ति पुनः स्थापना गृह बेलहिया रुपन्देहीले बुटवलबाट गर्यो १३ युवतीको उद्धार

रुपन्देही खबर , २१४  पटक हेरिएको

भैरहवा, मंसिर १५

शान्ति पुनः स्थापना गृह सिद्धार्थनगर १ बेलहिया रुपन्देहीले बुटवलबाट १३ जना युवतीलाई उद्धार गरेको छ । रूपन्देहीको बेलहिया नाका मार्फत अवैधरुपमा भारत हुँदै कुबेत जान लागेका १३ जना युवतीहरुलाई बिहीबार गृहले उद्धार गरेको शान्ति पुनः स्थापना गृह सिद्धार्थनगर १ बेलहिया रुपन्देहीका प्रमुख नितेश चौधरीले जानकारी दिनु भएको छ ।

शान्ति पुनः स्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमीराज भटटराईले सो युवतीहरुका बारेमा जानकारी दिए संगै बिहीबार दिउसो ३ बजे बुटवल पुगेर शान्ति पुनः स्थापना गृह सिद्धार्थनगर १ बेलहियाको टोलीले १३ जना युवतीलाई नै उद्धार गरेको हो । उद्धार गरिएका युवतीहरुलाई थप अनुसन्धान गरी प्र्रहरीको रोहबरमा उनीहरुको घर पठाइएकोे चौधरीले जानकारी दिनु भयो । पछिल्लो समय भारतको बाटो हुदै घरेलु कामदारका लागी कुवेत जानेको संख्या बढन थालेपछि गृहले बेलहियानाकामा थप निगरानी बढाएर काम गर्दै आएको छ ।

प्रकाशित मिति: २०२४-११-३० , समय : २२:२५:०० , ४ दिन अगाडि