उद्योगहरूबाट निस्केका फाेहाेर प्रदुषण ब्यवस्थापन गर्न जसपाको माग

रुपन्देही खबर , ६३  पटक हेरिएको

नवलपरासी , मंसिर १३

पश्चिम नवलपरासीमा उद्योगहरूले  गरेकाे प्रदुषण राेक्न माग गरिएकाे छ ।जनता सामाजबादी पार्टी नेपाल नवलपरासीले उद्योगहरूबाट निस्केको फाेहाेर प्रदुषण भएकाे भन्दै त्यसलाई राेक्न माग गरेकाे हाे  ।

बुधबार परासीमा पत्रकार सम्मेलन गरि जनता सामाजबादी पार्टी नेपालले उद्योगबाट निस्केकाे फाेहाेर पानीले खेतमा पस्दाँ धानबाली क्षति र उर्वर शाक्तिमा कमी आएकाेले किसानहरू मर्कामा परेकाे जसपाका अध्यक्ष धरेन्द्र यादवले बताउनु भएको छ ।

उद्योगलाई पटक पटक उद्योगबाट निस्कने फाेहाेर पानी व्यवस्थित गर्न माग गरेपनि उद्योगले कुनै पनि सुधार नगरेकाे भन्दै यस विषयमा जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउदाँ समेत सुनुवाइ नभएकाे यादवले जानकारी दिनु भएको छ ।

उहाले भन्नु भयो जिल्ला प्रशासन कार्यालयमा गई प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई गुनासाे गर्दा उहाले केही सुनुवाई नगरेकाे र प्रअ श्रेष्ठले अटेरी गरेकाे अध्यक्ष यादवले आराेप लगाउनु भएको छ ।

उद्योगकाे प्रदुषणले रामग्राम लकहवा नदवा  र पाल्हीनन्दनकाे पडरी गाउँकाे किसान खेतीयोग्य जमिनमा क्षेति पुयाएकाे त्यसक्षेत्रका किसानहरूले बताउनु भएको छ ।

उद्योगबाट निस्केको प्रदुषण उद्योगले नियन्त्रण नगरे उद्योगमा  आन्दोलन कार्यक्रमसहित र तालाबन्दी गर्ने चेतावनी अध्यक्ष यादवले दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालयले सानाे तिनाे सामान्य घरायसी  झैझगडाकाे बिषय लिएर मुद्दा चलाउने कार्य प्रहरीबाट भैरहेकाे विषय तत्काल बन्द गर्न प्रहरीसँग जसपाले माग समेत गरेकाे छ ।

सामान्य घरायसी झैझगडा बिषय दुवै पक्षलाई  सम्झाइ बुझाई गरि पठाउने कार्य गरेपनि प्रहरीले  पछिल्लो समयमा त्यसाे नगरिकन  साेझ साझा जनतालाई सास्ती दिने काम गरेकाे अध्यक्ष यादवले बताउनु भयो ।

प्रशासनमा काम लिएर जादाँ जनताहरूलाई अनावश्यक दुख दिने काम भैरहेको अध्यक्ष यादवले बताउदै यस्ता क्रियाकलाप तत्काल बन्द गर्न प्रहरी प्रशासनसंग माग समेत गर्नु भएको छ ।

 

प्रकाशित मिति: २०२४-११-२८ , समय : १३:०१:१२ , ४ घन्टा अगाडि