रुपन्देही खबर , १७४ पटक हेरिएको
भैरहवा, मंसिर ९
नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्र सिद्धार्थनगर नगर कमीटीको अधिवेशन मंसिर २९ गते हुने भएको छ । नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्र सिद्धार्थनगर नगर कमीटी सचिवालयको बिहीबार भैरहवामा बसेको पुर्ण बैठकले नगर अधिवेशन मंसिर २९ गते गर्ने निर्णय गरेको हो । नगर कमिटीका अध्यक्ष नारायण बहादुर हमालको अध्यक्षता तथा केन्द्रिय स्थायी कमिटी सदस्य हकीकुल्लाह खां को प्रमुख आतिथ्यतामा बसेको बैठकले नेकपा माओवादी केन्द्र सिद्धार्थनगर नगर कमीटी अन्र्तगत रहेका १३ वटै वडाहरुमा वडाअधिवेशन मंसिर १५ गते भित्र गर्ने निर्णय गरेको छ । भने सिद्धार्थनगर कमीटीको नगर अधिवेशन मंसिर २९ गते गर्ने निर्णय गरेको छ ।
यस्तै गरी बैठकले नेपाल कम्युनिष्ठ पार्टी माओवादी केन्द्र सिद्धार्थनगर नगर कमीटीको अधिवेसन सम्पन्न गर्नका लागी तारा प्रसाद थपलियाको संयोजकत्वमा ५ सदस्यीय समिती समेत गठन गरिएको छ जसको सदस्यमा मैनुल हक खान, इन्द्र बहादुर बि.क., दुर्गा प्रसाद मरासिनी , र प्रमोद ज्ञवाली रहनु भएको छ ।
यस्तै गरी समितीले अधिवेशन प्रचारप्रसार समिती पनि गठन गरेको छ जसको संयोजकमा जय बहादुर सुनार, सदस्यहरुमा दिलिप प्रजापति, सुनिल कानु बनिया, शिवम जयसवाल,जोसन गुरुंग रहनु भएको छ ।
यस्तै गरी नगर अधिवेशनमा खबरदारी गर्न सबै वडाहरुमा जनता परिचालन गर्नका लागी केशव कुवरको संयोजकत्वमा ५ सदस्यीय कमिटी गठन गरिएको छ । जसमा सदस्यहरुमा शुभाष रिजाल, हरि मगर, रबिन मल्ल, महेन्द्र यादव रहनु भएको छ ।
यस्तैगरी नगर अधिवेशनको ब्यवस्थापनका लागी कमला थापाको संयोजकत्वमा १० सदस्यीय ब्यवस्थापन समिती गठन गरिएको छ । जसको सदस्यमा सहवान अली, आमिर हुसेन बब्लु, मेनुका लोहार, मिना श्रेष्ठ, दिपक थापा , सुनिल यादव, तारा देवी बराल, कृष्ण मरासिनी, रहनु भएको छ ।
प्रकाशित मिति: २०२४-११-२४ , समय : १८:०८:४७ , ५ घन्टा अगाडि