कृष्णनगरमा जेष्ठ नागरिक सरोकार वालाहरूसंग छलफल कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ३१०  पटक हेरिएको

कृष्णनगर, असार १६

जेष्ठ नागरिक सरोकार वालाहरूसंग एक दिने छलफल कार्यक्रम कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ को कृष्णनगर स्वास्थ्य चौकीको सभाहलमा वडा नं २,३,५,६ र ७ का जेष्ठ नागरिक सरोकारवालाहरू बिच छलफल कार्यक्रम सम्पन्न भएको छ l

 

कृष्णनगर नगरपालिकाको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । जेष्ठ नागरिक र जेष्ठ नागरिक संग हुन सक्ने दुर्व्यवहार, जेष्ठ नागरिकका समस्याहरू, जेष्ठ नागरिकका समस्या समाधानका उपायहरू, जेष्ठ नागरिक लाई राज्यले दिएका सेवा सुबिधाहरू लगायत अन्य बिषयमा कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्यायले जानकारी गराउनु भएको थियो ।

कार्यक्रममा जेष्ठ नागरिक तथा सरोकार वाला हरूको सहभागिता रहेको कार्यक्रममा जेष्ठ नागरिकको समस्याका बारेमा छलफल गरिएको र उठेका सवालको सहजीकरण थुमा देवी उपाध्यायले गर्नुभएको थियो ।

 

जेष्ठ नागरिक भवन निर्माण, धार्मिक एवम् ऐतिहासिक स्थलको भ्रमणको व्यवस्था, जेष्ठ नागरिक वडा स्तरीय समिति एवम् पालिका स्तरीय संजाल गठन, ६० बर्षमा सबैलाई अनिवार्य सामाजिक सुरक्षा भत्ता दिनुपर्ने तथा समाजिक सुरक्षा भत्ताको रकम बृद्धि गर्नु पर्ने लगायत सुझाव उपस्थित जेष्ठ नागरिकबाट आएको थियो ।

प्रकाशित मिति: २०२२-०६-३० , समय : ०९:३६:४३ , २ वर्ष अगाडि