रुपन्देही खबर , १०७ पटक हेरिएको
रुपन्देही, मंसिर ६
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी उपसचिव तारा ज्ञवालीले सम्हाल्नु भएको छ । नेपाल सरकारले प्रमुख प्रशासकीय अधिकृतको रुपमा ज्ञवालीलाई लुम्बिनी साँस्कृतिक नगरपालिकामा खटाएको छ । नवआगन्तुक ज्ञवालीले बुधबारबाट नगरपालिकामा आफनो सेवा प्रारम्भ गर्नु भएको छ ।
लामो समयदेखि देशका विभिन्न जिल्लामा रही जिम्मेवारी समाल्दै आएकी ज्ञवाली लुम्बिनी साँस्कृतिक नगरपालिकामा खटिनु भएको हो । सेवा आरम्भ गर्दै ज्ञवालीले कानूनलाई अक्षरांश कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
उहाले नगरकार्यपालिका र मातहत रहेका कार्यालयबाट आम नागरिकलाई छिटो र सहज रुपमा सेवा प्रवाह गर्ने बताउँदै समृद्ध नगरपालिका बनाउन जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज, क्लब र नगरबासीको साथ र सहयोगको अपेक्षा गर्नु भएको छ । ज्ञवालीले बिलम्ब नगरी जनतालाई सेवा प्रवाह गर्न मातहतका कर्मचारीलाई निर्देशन दिनु भएको छ ।
बुधबार नगरप्रमुख (मेयर) सजरुद्दीन मुसलमान, उपप्रमुख कल्पना हरिजन, वडाअध्यक्षहरु, शाखा प्रमुखहरुले नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई स्वागत गर्नु भएको हो ।
प्रकाशित मिति: २०२४-११-२१ , समय : ११:४७:१० , २ दिन अगाडि